काठमाडौ । चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७र७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ ।
चन्द्रागिरीले नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय शैक्षिकस्तरमा एकरूपता कायम गर्न सहकार्य गर्ने, नगरस्तरीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउने, सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गर्ने भएको छ ।
प्राविधिक शिक्षालाई प्राथमिकता दिन चन्द्रागिरिले नगरस्तरीय प्राविधिक शिक्षालयको निर्माण गर्ने, बाल कक्षा सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउने, नगरपालिकाभित्र खेलकूद मैदान निर्माण गर्ने, खेल क्षेत्रको विकासका लागि नगर खेलकूद समिति गठन गर्ने, वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने, ‘ए’ डिभिजन फुटबल सञ्चालन गर्ने जनाएको छ ।
चन्द्रागिरिभित्र रहेको मदन भण्डारी खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्नाका साथै नैकाप, मातातीर्थ र वनदेवी खेल मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्ने बताइएको छ । विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालीम दिइने, गरिब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको स्तरवृद्धि गरी कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमध्ये सक्षमता र उपयुक्तताका आधारमा कक्षा १२ सम्मको अनुमति प्रदान गर्ने, सामुदायिक विद्यालयका छात्रछात्रालाई दिवाखाजा र छात्रालाई सेनिटरी प्याड वितरण गर्ने, शैक्षिक विज्ञको सेवा लिने नीतिलाई अवलम्बन गर्ने भएको छ ।
नगर प्रमुख घनश्याम गिरीले नगरभित्र बसोबास गरी सरकारी सेवा र सुविधा लिने राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउने व्यवस्था नगरपालिकाले अगाडि सारेको जानकारी दिए ।
चन्द्रागिरिले नगरस्तरीय प्रगतिशील पाठशाला सञ्चालनमा ल्याउने, युवालाई उद्यमशील र रोजगार बनाई विदेश पलायन रोक्न र आयात घटाउन परियोजना प्रस्ताव लिई सहुुलियत दरमा कर्जा प्रदान गर्ने, युवाको विकास र परिचालन गर्न टोल तथा वडास्तरमा युवा क्लब गठन गर्ने भएको छ ।
यसैगरी सीप तथा क्षमता अभिवृद्धि गर्न र परम्परागत सीपलाई पुनःजागरण गर्न तथा शैक्षिक क्षेत्रको गुणस्तरलाई वृद्धि गर्न नगरभित्र सिकाइ अध्ययन केन्द्र सञ्चालनमा ल्याउने चन्द्रागिरिले तयारी गरेको छ ।
‘चन्द्रागिरि नगरको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’ भन्ने नारालाई सार्थक बनाउन नगरका छोरीबुहारीलाई उच्च शिक्षा प्रदानका लागि उपमेयर छात्रवृत्ति प्रदान गर्ने, नगरस्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने, चन्द्रागिरि पर्वतीय साइक्लिङ दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।
नगरपालिकाले विभिन्न खेलकूदका लागि नगरबाट खेलाडी उत्पादन गर्न विशेष प्रक्रिया चाल्नुका साथै विद्यालय तथा सिकाइ केन्द्रमा कोभिड–१९ बाट बच्ने उपायको सचेतना अभिवृद्धि गर्ने भएको छ । चन्द्रागिरिले आव २०७७र७८ का लागि रु एक अर्ब ४९ करोड ६२ लाख बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: