जनकपुरधाम । समयमा उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएका धनुषाका राजु सदालगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै विभिन्न जिल्लामा अर्धनग्न प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिको अगुवाइमा आइतबार प्रदर्शन गरिएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - धनुषाको हंशपुर नगरपालिका–७ पर्साहीका राजु सदाको ९ असारमा प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । त्यस्तै, सबैला नगरपालिका–१२ बरकुर्वाका शम्भु सदाको २८ जेठमा सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको थियो ।
यीलगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै धनुषा, सर्लाही, सिराहा र सप्तरीका विभिन्न स्थानमा सामूहिक प्रदर्शन गरिएको हो । जनकपुरमा जनक चोकबाट निस्केको अर्धनग्न जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेको थियो ।
जनक चोकमा आयोजित कोणसभामा दलित समुदायका अगुवाले एक महिना बितिसक्दा पनि घटनाको छानबिन नभएको, दोषीलाई बचाउन खोजेको भन्दै विरोध जनाए । एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाए पनि अहिलेसम्म छानबिन नभएको उनीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई बचाउन खोजेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले बताए । समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
जसमा १३ साउनमा प्रत्येक जिल्ला सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन निकालेर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने, १५ साउनमा मृदंग बजाउने र पोस्टर टाँस्ने, प्रशासन कार्यालयअगाडि धर्ना दिने र १८ साउनमा प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन बस्नेलगायत आन्दोलनका कार्यक्रम रहेका छन् ।
छानबिन समिति कागजमै सीमित
राजु सदाको मृत्यु घटना छानबिनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले १० असारमा स्वास्थ्य निर्देशक हरिचन्द्र साहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन म्याद दिइएकोमा अहिलेसम्म छानबिन प्रक्रिया नै सुरु गरेको छैन ।
समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयका उपसचिव डा. नवलकिशोर झाले पनि अहिलेसम्म छानबिन सुरु नभएको स्वीकार गरे । डा. झाले भने, ‘अहिलेसम्म छानबिन सुरु भएको छैन । कहिले सुरु हुने हो, त्यो संयोजक ज्यूलाई नै थाहा हुन्छ ।’
त्यस्तै, प्रदेश २ सभाले पनि पाँच सदस्यीय सर्वदलीय छानबिन समिति गठन गरेको थियो । १४ जेठमा नेकपा सांसद रवीन्द्र बैठाको संयोजकतत्वमा गठित समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय तोकिएको थियो ।
संसदीय समितिले पनि अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन । समिति सदस्य चमेलीदेवी दासले प्रतिवेदन लगभग तयार भएको बताइन् । ‘प्रतिवेदन लगभग तयार भइसकेको छ, तर संयोजकज्यूले के कारण बुझाउन ढिलाइ गरिरहनु भएको छ, त्यो थाहा भएन,’ उनले भनिन् ।
प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि छानबिन सुरु नगरेको विषयमा आफूलाई थाहा नभएको बताए । मन्त्री झाले भने, ‘छानबिन समिति त गठन गरियो, तर के कारण समितिले छानबिन गरेनन्, त्यो थाहा भएन ।’ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे सरुवा भएपछि काम गर्न कठिनाइ भएको उनको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: