काठमाडौं । नेपालमा आज १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न स्थानमा रहेका २८ प्रयोगशालामा परीक्षण गर्दा आज १ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ९ सय ८९ पुगेको छ । जसमध्ये अब ५ हजार ३ सय ५८ जना मात्र संक्रमणमुक्त हुन बाँकी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार १ सय ५६ जना डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।
कुन-कुन जिल्लामा थपिए संक्रमितरु
बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटा, सुनसरीका २-२ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ र मोरङका ४, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिरहाका २ र सप्तरीका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै, नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जनाको पीसीआर पनि पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका १, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा पर्वतका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रूपन्देहीका ११, प्यूठानका २ र नवलपरासीका १, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रूपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५, सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ र डोटीका ७, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जनामा पनि कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: