Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

एमालेले पार्टी सरोकारका विषय सम्बोधन नभए बजेट पारित हुन नदिने

\"flag_of_communit-party३१ असार, काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतलाई बजेट तर्जुमा हुनुपूर्व दिइएका सुझाव समावेश नभएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस विषयमा प्रधानन्त्री कोइराला र अर्थमन्त्री महतसँग आजै वार्ता गर्न सत्ता साझेदार एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्निप्रसाद खरेल रहेको टोलीलाई जिम्मा दिएको छ ।

बैठकपछि एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको सुझाव अर्थमन्त्री महतले संसद्मा दिने जवाफमा समावेश गर्न तयार नभए तत्काल पार्टीको संसदीय दलको बैठक गरी आवश्यक निर्णय लिने बताए । के एमालेले बजेटको विपक्षमा मतदान गर्छ भन्ने पत्रकारको प्रश्नमा सचिव भट्टराईले भने – \'एमाले सहमत नभएको बजेट पारित हुँदैन  ।\'

उनले विगतमा एमाले सहभागी सरकारले ल्याएका कतिपय राम्रा कार्यक्रम हटाइएको र पार्टीका शीर्ष नेताका कार्यक्रम समावेशका क्रममा पूर्वाग्रह राखिएको बताए ।

यसैगरी, बैठकले संविधान जारीका विषयमा चार दलबीच भएको १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलका कतिपय नेताले सहमतिको प्रतिकूल हुने अभिव्यक्ति दिन नहुने र त्यसो भएमा संविधान जारी गर्ने काममा अवरोध हुने ठहर गरेको छ । सचिव भट्टराईले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनसहित संविधान जारी गर्ने भएमा चार दलकै बीचमा सहमति हुनुपर्ने भन्दै त्यसका नाममा बाहिर किचलो नगर्न आग्रह गरे ।

बैठकले पार्टीको सङ्गठनसम्बन्धी नियमावली संशोधनका लागि स्थायी कमिटीले दिएको सुझाव समावेश गरी केन्द्रीय सचिवालयलाई अन्तिम रुप दिन जिम्मा दिइएको छ ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय विभाग/निकाय/फाँट र अञ्चल कमिटीमा सदस्य मनोनयनलगायतका विषय सो नियमावलीमा छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending