Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

वडाध्यक्षको भत्ता शैक्षिक संस्थालाई

बन्दिपुर । बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले आफूले पाउँदै आएको भत्तामध्ये केही रकम यहाँको एक शैक्षिक संस्थालाई सहयोग गर्दै आएका छन् । सोही वडास्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षिका रीता थापालाई तलब खुवाउन वार्षिक रुपमा सहयोग गर्दै आएका छन् । सीमान्तकृत चेपाङ, भुजेलका बालबालिका अध्ययनरत उक्त विद्यालयको कुनै पनि आयस्रोत नभएपछि शिक्षक राख्न नसक्दा पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले जानकारी दिए । उनले निजी स्रोतका शिक्षकलाई वार्षिक रु ७८ हजार उपलब्ध गराउँदै आएपछि पठनपाठनमा सहज भएको उनले बताए ।

गत वर्षदेखि सहयोग गर्न सुरुआत गरेका अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालभरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा एक शिक्षिका थप गरिएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुँदैँ गएको छ । विद्यालयको आफ्नो जग्गा नहुँदा ओइलेनी जग्गामा उक्त विद्यालय सञ्चालन गरिँदै आएको बताइएको छ ।विद्यालयको आफ्नो जग्गा नभएपछि स्थानीय समाजसेवी बाबुराम घिमिरेले चार आना जग्गा दान गरेपछि उक्त जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरिएको विद्यालयका पिटिए अध्यक्ष सुदीप पोख्रेलले जानकारी दिए ।

गत वर्ष जिल्ला शिक्षा कार्यालयबाट चारकोठे भवन निर्माणका लागि बजेट विनियोजन गरेपछि नयाँ भवन निर्माण सम्पन्न गरी विद्यार्थीलाई राखेर पढाउँदै आएको उनले बताए । उनका अनुसार समाजसेवी घिमिरेद्वारा करीब रु आठ लाख मूल्य बराबरको जग्गा विद्यालयलाई निःशुल्क रुपमा दान गर्नुभएको हो । उक्त विद्यालयमा हाल ७० जना विद्यार्थी र सातजना शिक्षकशिक्षिका कार्यरत रहेका छन् । विद्यालयमा एकजना जनशक्ति राख्नका लागि आर्थिक सहयोग प्राप्त भएसँगै शैक्षिक गुणस्तरमा जोड दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे बताए । वडाध्यक्ष पोख्रेलले विद्यालयप्रति गरेको सहयोग अतुलनीय रहेको उनले बताए ।

सीमान्तकृत समुदायका विपन्न परिवारका बालबालिका अध्ययनरत उक्त विद्यालयमा सहयोग गर्न आफूलाई चाहना भएपछि सहयोग गर्न थालेको वडाध्यक्ष पोख्रेलले बताए ।त्यसैगरी शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले आफूले पाउने भत्ता रकमको ५० प्रतिशत रकम सीमान्तकृत, दलित लगायतका विपन्न बालबालिकाको पढाइमा सहयोग गर्दै आएका छन् ।

ती बालबालिकाको पढाइमा सहज गराउने उद्देश्यले छात्रवृत्तिमा सहयोग गर्दै आउनुभएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । तनहुँमा चार नगरपालिका र छ गाउँपालिका गरी दशवटा पालिका रहेका छन् । ती पालिकामध्ये नगरप्रमुख गुरुङ र वडाध्यक्ष पोख्रेलले आफ्नो भत्ता शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies