Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन

टीकापुर । करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा रु ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख ५५ हजार १०३ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिए ।

“उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, बीमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि करबापत रु १३ करोड १० लाख ५७ हजार ४५८ राजस्व सङ्कलन भएको छ”, कार्यालय प्रमुख पोख्रेलले भने, “विभिन्न आठ वटा आयकर शीर्षकबाट रु १२ करोड ३८ लाख ५४ हजार १६१ र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनको अन्तःशुल्कबाट रु दुई करोड ४० लाख ३९ हजार ३ ८८ राजस्व सङ्कलन भएको छ ।”

व्यक्तिगत पूँजीगत लाभकरबाट रु एक करोड ९६ लाख ९६ हजार ७६१, बहाल करबाट रु ५७ लाख ४३ हजार ७३, लाभांश करबाट रु १९ लाख ५० हजार ११२, आकस्मिक लाभकरबाट रु एक लाख ६८ हजार ८६९ राजस्व सङ्कलन भएको पोख्रेलले जानकारी दिए।

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट रु दुई करोड १९ लाख २६ हजार ४४३ ब्याज करबाट रु एक करोड १५ लाख १६ हजार ३३६ र स्वास्थ्य सेवाबापत दुई हजार ५०० राजस्व सङ्कलन भएको छ । अझै पनि केही करदाताले राजस्व कार्यालय धनगढीको कोडमा रकम जम्मा गरिरहेका र त्यसलाई यस कार्यालयको कोषमा जम्मा गर्नसके अर्को वर्ष राजस्व अझै बढी सङ्कलन हुने प्रमुख पोख्रेल बताउछन् । “सबैलाई करको दायरामा आउन आग्रह गरिरहेका छौँ । लामो समयसम्म कर नतिरेका उद्योगी, फर्म सञ्चालकका लागि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पछिल्लो तीन वर्षको कर तिरे अरु कर छुट हुने सरकारले व्यवस्था गरेको छ । यो अवसरको सदुपयोग गरौँ”, उनले भने ।

विसं २०७५ असोज महिनाबाट करदाता सेवा कार्यालय लम्कीले सेवा शुरु गरेको थियो । करदाता सेवा कार्यालय लम्कीबाट रु ४० करोडभन्दा तलको कारोवार गर्ने व्यक्ति वा संस्थाले सेवा लिन पाउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending