बागलुङ । स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन् । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो । उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए ।
बागलुङ नगरपालिका–३ रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गरेको उनले दुई वर्षदेखि स्थानीय जातका कुखुराको व्यावसायिकपालन गर्दै आएको छन् । स्थानीय जातका कुखुराको चल्ला उत्पादनका लागि जिल्लामै पहिलोपटक ह्याचरी सञ्चालनमा आएको उनको भनाइ छ । “पहिले चल्ला उत्पादनका लागि अण्डा बाहिर पठाउनुपथ्र्यो”,उनले भने, “गाडीमा ढुवानी गर्दा नोक्सानी हुन्थ्यो, लागत पनि बढ्थ्यो, अब त्यो बाध्यता हट्यो ।”
ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने उनको योजना छ । उनको ‘फार्म’मा अहिले स्थानीय साकिनी, कडकनाथ, घाँटी खुइले, उल्टे र बट्टाइलगायत गरी ६ सय कुखुरा छन् । कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले गत आवमा रु। दुई लाख ३६ हजार अनुदान दिएको थियो ।
ह्याचरी भने व्यक्तिगत लगानीमा सञ्चालन गरेको उनको भनाइ छ । व्यवसाय प्रवद्र्धनमा उनलाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्नुहुन्छ ।
पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए। देशभरका स्थानीय जातका कुखुरापालक किसान सामाजिक सञ्जालमार्फत एकठाउँमा जोडिएका छन् । यसले ज्ञान, सीप, अनुभव आदनप्रदानदेखि व्यवसाय विस्तार र प्रवद्र्धनमा सघाएको उद्यमी बैकुण्ठको बुझाइ छ । पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।
अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मुल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु। आठ सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु एक सय २५ मा बिक्री हुँदै आएको छ ।
स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने उनले बताए । “बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, उनले भने । कुखुरापालनबाट मासिक रु। ४० हजारसम्म मुनाफा निकाल्न उनी सफल भएका छन् । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ । कुखुरापालनका लागि शुरुमा उनले रु चार लाख लगानी गरेका थिए ।
कुखुरापालनसँगै उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । पढाइमा स्नातक उनले कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: