Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

साउन महिनामा श्रीमती वा प्रेमिकालाई खुसी राख्न यी उपहार दिनुहोस्

\"gift-box\"३१ असार, काठमाडौं । साउन महिनालाई हिन्दु नारीले चाडकै रुपमा मनाउँदै आएका छन् । हत्केलाभरी बुट्टेदार मेहेन्दी लगाउनु, दुबै हातमा हरियो, रातो पहेंलो चुरा, हरियो पहिरन साउन महिनामा महिलाहरुले लगाउने विशेष सामग्री हुन्  । यसका साथै यो महिनाले आफ्नै धार्मिक महत्व बोकेको छ । पौराणिक मान्यता अनुसार साउन महिना  शिव भगवानको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गएको हो । विवाहित होस् वा अविवाहित, यो महिना सबै नारीहरुको लागि विशेष बन्ने गरेको छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गरिन्छ । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा–आराधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु,  लसुन एवं उत्तेजित हुने खाना खाँदैनन् । हुन त साउन महिनामा हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन तरपनि यो परम्परालाई हाम्रा पिता पुर्खादेखि मान्दै आइएको छ । यो महिनाभरी धेरै महिलाहरुलाई हरियो चुरा, हरियो लुगा र हत्केलाभरी मेहेन्दीले सजिएको देख्न सकिन्छ जसले हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुँदै गरेको बुझ्न सकिन्छ । बिबाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्व बढी नै छ । एक त विवाहित भएपछि हरेक महिला एउटा भएपनि चुरा लगाएर हिड्छन् । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई पनि सुन्दर बनाइदिन्छ । पहिरनको रंगसंग मिल्ने काँचका दर्जनौ चुरा लगाउदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ । त्यसकारण आफ्नी श्रीमती वा प्रेमिकालाई यदि साउन महिनामा खुसी पार्नु छ भने उनीहरुलाई उनीहरुको हातमा मिल्ने हरियो रङको चुरा उपहारमा दिन सक्नुहुन्छ । विवाहित पुरुषहरुले आफ्ना श्रीमतीलाई हरियो चुरासँगै रातो र पहेंलो रङको चुरा पनि मिक्स गरेर उपहारस्वरुप दिन सक्नुहुन्छ । यसका साथै हरियो रङको कुर्ता अथवा टप्स पनि तपाईंले उपहारमा दिन सक्नुहुन्छ । यससँगै हरियै रङको टिका र हरियाे, राताे वा पहेंलाे पाेतेले तपाईंकी श्रीमतीको सुन्दरतालाई थप निखार्न मद्दत गर्दछ । आफ्नी महिलालाई तपाईंले हरियो नङ पालिस पनि उपहारमा दिन सक्नुहुन्छ । यदि श्रीमती अथवा प्रेमिकालाई मेहेन्दीप्रति रुची छ भने उनलाई मेहेन्दीको कोन पनि उपहारस्वरुप दिन सक्नुहुन्छ । बजारमा प्रतिदर्जन ३० देखि १ हजार रुपैयाँसम्मका चुरा उपलब्ध छन् भने काबेरी, खुश्बु, सहेली, राजस्थानीलगायत ब्राण्डका मेहेन्दी पाइन्छन् । यी मेहेन्दीको मूल्य प्रतिप्याकेट १५ देखि ३० रुपैयाँसम्म पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending