Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

जाजरकोट । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।

ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । “बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन”, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भने ।

एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजङ्ग शाहीले बताए।

पहिरो गएको चार दिनपछि राहत लिन छलफल

पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा ल्याएको दुई हजार ३०० किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ । चार दिनपछि सदमुकाम खलङ्गामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जङ्गलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल शुरु भएको हो ।

बारेकोट–४ सार्कीटोलमा खानेपानीदेखि ओतिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नुपरेको स्थानीय कालीबहादुर सार्कीले बताए । प्रदेश सरकारले राहतका लागि कुनै पनि पहल नगरेको गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले ५०० नागरिकलाई ओतलाग्नेसम्मको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाइ छ ।

विद्यालयको भुइँ कोठामा मानिस खाँदिएर बस्दा बिरामीसमेत पर्न थालेको रमित सार्कीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडाध्यक्षसम्म विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री ल्याउन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल शुरु भएको छ ।

घरमा भएको अन्नसमेत खान पाइएन

खोलामा भएको पानीघट्ट सबै बग्दा घरमा भएको अन्नसमेत पिसेर खान नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । “डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु रु” बारेकोट–५ का ६१ वर्षीय जनक शाहीले भने । यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी आज पठाउने तयारी भएको प्रजिअ पन्तले बताए । खाद्यान्न पठाउनका लागि कुनै पहलसमेत भएको छैन । बारेकोट बर्सेनि यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो । बारेकोट–४ मा एक र वडा नं ६ मा दुई बेपत्ताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धारकार्य स्थानीय प्रहरीलाई जिम्मा दिँदै सोमबार सदरमुकाम फर्किएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies