काठमाडौं । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन ।
आजको कान्तिपुर दैनिकमा खबर छ - दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन् ।
सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद मिलाउने ढंगले छलफल अघि बढाएका थिए । तर मंगलबारको छलफलमा पनि उनीहरू एकअर्काका मुख्य मागप्रति लचक नभएको नेताहरूले बताएका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामा बाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडान छाडेका छैनन् ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरेर राजीनामाको विषय उठाएकाले यो विषयमा छलफल नै नगर्न भनेका छन् । सहमति खोज्नका लागि पार्टीको स्थायी कमिटी बैठक सुचारु गरी त्यहीं छलफल गर्न दाहालले ओलीसँग आग्रह गरेका छन् ।
सरकारको विषयमा पार्टी कमिटीभित्रै कुरा उठेकाले त्यसलाई त्यहींबाट टुंगाउनु र निचोडमा पुग्नु उपयुक्त हुने दाहालको अडान छ । राजीनामाकै विषय पनि त्यहाँ उठेकाले कमिटीमै बसेर सहमति खोज्न सकिने प्रस्ताव दाहालले ओलीलाई राखेका छन् ।
त्यसैले ओली बुधबारका लागि तय भएको स्थायी कमिटी बैठक सुचारु गर्न भने तयार भएको स्रोतले जनाएको छ । बुधबार नेकपा स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीले यसअघि नै तय गरेका कोरोना नियन्त्रणलगायतका एजेन्डामा केन्द्रित हुनुपर्ने र अन्य विषयमा नेताहरू बसेर एउटा समझदारी बनाएर जानुपर्ने पक्षमा ओली छन् ।
प्रधानमन्त्री ओलीसँग ठोस कुरा नमिलेपछि दाहालले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बुधबारको बैठकलगायतका विषयमा कुरा गरेका छन् । दाहालले विगतमा जस्तै ओलीसँग मिलेर नेपाल पक्षलाई धोका दिने हुन् कि भन्ने आंशका बढेपछि त्यसलाई हटाउन उनले नियमित रूपमा नेपालसँग भेटिरहेका छन् । दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत छन् ।
दुइटै पदबाट राजीनामा दिनुपर्ने भन्ने माग यसअघि राखिए पनि अब एउटा पदबाट हटाउँदाचाहिँ प्रधानमन्त्री पद रोज्नुपर्ने उनीहरूको निष्कर्ष छ । त्यही निष्कर्षका आधारमा दाहालले दुई दिनअघिको बैठकमा ओलीलाई प्रधानमन्त्रीबाट हट्न प्रस्ताव गरेका थिए ।
त्यही प्रस्ताव उनले मंगलबार पनि दोहोर्याए । अहिले ओलीलाई सत्तामा रहिरहन दिँदा पार्टी पनि बदनाम हुने र आफूहरूमाथिको पेलान पनि जारी रहने बुझाइ दाहाल र नेपालको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: