Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

क्यानडालाई मेघाफोन कूटनीति अन्त्य गर्न चीनको आग्रह

मोन्टरियल । जासुसी गरेको आरोपमा दुई क्यानडेली नागरिकलाई पक्राउ गरिएको विषयमा क्यानाडाद्वारा व्यक्त गरिएको भनाइ ‘गैर–जिम्मेवारपूर्ण’ रहेको दावी गर्दै क्यानाडालाई ‘मोघाफोन कूटनीति’ अन्त्य गर्न चीनले आग्रह गरेको छ ।

“दुई क्यानडेलीहरू, चीनका लागि पूर्व कूटनीतिज्ञ मिखायल कोभरिग र उत्तर कोरियाली परामर्शदाता मिखायल स्पाभोर, बारेका तथ्यहरू उनीहरूमाथिको आरोप पुष्टि गर्न ‘ठोस तथा पर्याप्त’ आधार रहेको छ,” ओटावास्थित चिनियाँ राजदूतावासको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी न्यायाधिकारीहरूको अनुरोधमा चिनियाँ प्रसिद्ध दूरसञ्चार कम्पनी हुवावेका वित्तीय निर्देशक मेङ वाङझोउलाई क्यानाडामा पक्राउ गरेको केही दिनपछि बेइजिङले क्यानडेली यि कूटनीतिज्ञलाई चीनको गोपनियता भङ्ग गर्दै चीनविरूद्ध जासुसी गरेको आरोपमा सन् २०१८ को डिसेम्वरमा पक्राउ गरेको थियो ।

चीनले क्यानडेली कूटनीतिज्ञहरूलाई गरेको पक्राउलाई पश्चिमी मुलुकहरूले हुवावेका अधिकारी मेङको पक्राउको बदला भनेका छन् । चीनले उक्त आरोपको खण्डन गर्दै आएको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना दुई नागरिकको पक्राउलाई चीनको मनोमानीपूर्ण कदम भनी पटक पटक चीनको आलोचना गरेकी छिन् ।

“क्यानडेली नागरिकलाई कथित मनोमानीपूर्ण पक्राउ गरिएको भन्ने आरोप पूर्णतया आधारहीन रहेको छ,” चीनको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चिनियाँ न्यायिक अङ्गले क्यानडेली कूटनीतिज्ञहरूको मुद्दालाई आफ्नो कानून बमोजिम कडाईका साथ अघि बढाउने छ साथै ती दुई क्यानडेलीको कानूनी अधिकारको पनि संरक्षण गर्नेछ ।”

अर्कोतर्फ मेङको पक्राउ आफैमा ‘मनोमानीपूर्ण’ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मेङको पक्राउलाई चीनले चिनियाँ उच्च प्राविधिक संस्था हुवावेलाई अघि बढ्नबाट रोक्न अमेरिकाले लिएको दवावपूर्ण घटना रहेको र क्यानाडा यसको सहयोगी बनेको चीनको दावी रहेको छ ।

चीनले भनेको छ, “मिखायल कोभरिग र मिखायल स्पाभोरको मुद्दालाई लिएर गैर–जिम्मेवार अभिव्यक्ति दिन रोक्न तथा ‘मोघाफोन कूटनीति’को माध्यमद्वारा चीनमाथि दवाव सिर्जना नगर्न आग्रह गरिन्छ ।”

साथै क्यानाडाले मेङ वानझोउको पक्राउ गरी क्यानडाले गल्तीगरेको महशुस गर्नुपर्ने, राजनीतिक चालबाजी रोक्नुपर्ने र मेङलाई तत्काल रिहाई गरी सुरक्षित स्वदेश फिर्ता हुने वातावरणको प्रत्याभूत गर्नुपर्ने माग चीनले दोहोराएको छ ।

कोभिरिगकी पत्नीसहित २० क्यानडेली अधिकारीले हालै भेटगरी प्रधानमन्त्री ट्रुडोलाई हुवावेकी व्यवस्थापक मेङलाई सुपर्दगी गर्ने कामलाई हस्तक्षेप गरी रोक्न र चीनमा पक्राउ परेका क्यानडेली दुई कूटनीतिज्ञको रिहाईका लागि पहल गर्न आग्रह गरेका थिए ।

तर क्यानडेली प्रधानमन्त्री ट्रुडोले आफ्नो मुलुकको न्याय प्रणाली स्वतन्त्र रहेको भन्दै विहीबारको भेटमा यस आग्रहलाई अस्वीकार गरेको थिए । उनले यस्ता निर्णयले चीन र अन्य मुलुकमा रहेका क्यानडेली नागरिकलाई खतरामा पार्ने धारणा राखेको बताइएको छ ।

भ्यानकुभरमा भएको सुनुवाईमा वासिङ्टनले मेङलाई इरानविरूद्ध अमेरिकी प्रतिबन्धहरू रोक्ने कार्य गरेको आरोप लगाइएको समाचारहरू आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending