Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बजेट सामानुपातिक र सन्तुलित छ

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताएका छन् ।

प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि प्रदेश सभा सदस्यले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उनले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले सन्तुलित बजेट ल्याएको बताए ।

मन्त्री घिमिरेले बालबालिकालाई पोषण कार्यक्रम, आङ खस्ने महिलालाई उपचारको व्यवस्था, लैङ्गिग हिंसा न्यूनीकरण, अपाङ्गगता भएका र दलित तथा विद्यालय सुधार जस्ता कार्यक्रममा बजेट विनियोजन भएको उल्लेख गर्दै मेची अस्पताललाई प्राथमिकतामा राखेर यसको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन भएको जानकारी दिए ।

“विकासको मूल प्रवाहीकरणबाट पछाडि परेका विभिन्न जातजाति, वर्ग, लिङ्ग र समुदायको सशक्तिकरण तथा उत्थानका लागि बजेट विनियोजन भएको छ”, उनले भने, “प्रदेशका १३७ वटै स्थानीय तहमा खेल मैदानका लागि बजेट व्यवस्था भएको छ भने विराटनगरमा सरकारी कर्मचारीलाई लक्षित गरी शिशु स्याहार केन्द्र निर्माण गरिने छ ।”

मन्त्री घिमिरेले धनकुटामा शिक्षण अस्पताल निर्माण गर्न सरकार पछि हटेको छैन भन्दै सबै अस्पतालमा शव परीक्षण गर्ने व्यवस्थासहित बजेट विनियोजन भएको जानकारी दिए । उनले बजेटको क्षमता र सीमामा रही सबै वर्ग र तहका मानिसलाई लाभ पुर्याउन ‘छोरी बीमा कार्यक्रम’ बजेटमा समावेश भएको छ भने ।

यसैगरी विनियोजन विधेयक–२०७७ अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभिन्न शीर्षकमाथि एंव बैठकको शून्य तथा विशेष समयमा सदस्यले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले यो प्रदेशमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको अभाव नरहेको स्पष्ट पारे।

किसानलाई सहुलियत बीउविजन उपलब्ध हुने र कृषिमा दिइने अनुदानले साना किसान लाभान्वित हुनेमा जोड दिदैं उनले नेपालबाट भारततर्फ निकासी हुने चिया, अलैँची र अदुवामा कुनै समस्या नदेखिएको र पूर्वी नाका मात्र नभएर निकासीका लागि अन्य नाका पनि प्रयोग गर्न व्यापारीहरुलाई आग्रह गरे।

राज्यमन्त्री मगरले किसानको मकै खेतमा लागेका फौजी कीरा धपाउन एउटा कार्यदल बनाएर त्यसको व्यवस्थापन गरेको पनि जानकारी दिए ।

छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, मोहनकुमार खड्का, राजकुमार ओझा, शिवनारायण गनगाँई र सावित्रा जोशीले साना र वास्तविक किसानलाई मात्र लाभ हुने गरी अनुदान दिन आग्रह गरे । उनीहरुले विदेशबाट फर्किने युवालाई कृषिमा समाहित गराउन बिनाधितो रु १० लाख क्रृण दिनुपर्ने माग गर्दै कृषि विकास बैंकले कम्तिमा कृषि क्षेत्रमा ५० प्रतिशत लगानी गर्नुपर्ने धारणा राखे ।

उनीहरुले किसानलाई समयमै मलखाद र बीउविजनको उलब्धतातर्फ मन्त्रालय गम्भीर हुनुपर्ने भन्दै साना तहका सबै किसानलाई सहुलियत क्रृण एवं अनुदानको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए ।

यसैगरी बैठकको शून्य समयमा सदस्य उत्तमकुमार बस्नेत, कला घले, लोकप्रसाद सङ्ग्रौला र हिमाल कार्कीले समसामयिक विषयवस्तुमाथि बोले ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार मध्याह्न १२ बजे बस्ने छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending