वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन् । आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन् ।
भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति संघर्ष चुलिएको छ । विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि चुनावमा धाँधली भएको आरोप लगाए पनि राष्ट्रपति मदुरोले आफू विधिवत निर्वाचित भएको भन्दै राष्ट्रपति पदको दोस्रो कार्यकालको सपथ लिएका थिए ।
संयुक्तराज्य अमेरिका समेत विश्वका झण्डै ६० मुलुकले विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन्, तर चीन र रसियाले भने राष्ट्रपति मदुरोलाई नै मान्यता दिएका छन् । राष्ट्रपति मदुरो विरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ ।
तर विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, “मैले त्यसबारेमा सोच्दैछु । मदुरो पनि सायद भेट्न चाहनु हुन्छ । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन ।”
उनले अगाडि भने, “मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।”
अमेरिका र मदुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा दुई जना अवकाशप्राप्त अमेरिकी सैनिक पनि थिए । उनीहरुले अमेरिकी सहयोगमा भेनेजुएलाको सरकार विरुद्ध विभिन्न शंकास्पद गतिविधि गरेको आरोप लागेको छ ।
तर वासिङ्टनले यस दाबीको खण्डन गरेको छ ।
भेनेजुएलाका विपक्षी नेता गुएइदोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक गुएइदो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताउनुभएको एलेक्सीओले लेखेको छ ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उनले गुएदोका बारेमा भने, “मैले उहाँलाई समर्थन गरेकै हो, तर यो त्यति अर्थपूर्ण कुरा होइन ।”
राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाब मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ ।
एक्सीओसले बोल्टनकै पुस्तकको एक अंश प्रकाशन गरेको छ जसमा बोल्टनले लेख्नु भएको छ, “ट्रम्पको सोचाईमा मदुरोको तुलनामा विपक्षी नेता गुएइदो निकै कमजोर छन् ।”
बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठेका तर पछि उम्मेदवारी परित्याग गरेका बेटो ओ–रुकीजस्तै अस्थिर रहेको बताएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: