सरकारले उद्धारको नाममा व्यापार गर्न थालेपछि श्रमिक आक्रोशित, निःशुल्क उद्धार गर्न माग
काठमाडौं। उद्धार गर्ने नाममा सरकारले दोब्बरभन्दा बढी हवाई भाडा तोकेपछि विदेशमा रहेका नेपाली श्रमिक आक्रोशित भएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - रोजगारी गुमाएर अलपत्र परेका श्रमिकको नाममा समेत सरकारले व्यापार गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् । आफूहरूको निस्शुल्क उद्धार गरिनुपर्ने उनीहरूको माग छ ।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नेपाली श्रमिकमध्ये २४ हजारलाई पहिलो चरणमा चार्टर्ड फ्लाइटबाट स्वदेश ल्याउने निर्णय गरेको थियो । त्यसका लागि उसले नेपाल वायुसेवा निगम र यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई विना प्रतिस्पर्धा छनोट गरेको छ ।
त्यति मात्रै होइन, उनीहरूकै स्वार्थअनुसार सरकारले दोब्बर भाडा पनि तय गरिदिएको छ ।
नेपालीलाई ल्याउन निगमले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन् । ४३ उडानबाट दुवै एयरलाइन्सले नेपाली श्रमिकबाट ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्ने भएका छन् ।
निर्धारित भाडा महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले दुई पटक घटाए पनि मजदुरका लागि अझै पनि धेरै छ । सरकारले तोेकेको भाडा चर्को भएको भन्दै विदेशस्थित नेपाली दूतावासले समेत असन्तुष्टि जनाएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) को भलट्रान्स ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने पाँच सय नेपाली श्रमिक तीन महिनादेखि बेतलबी बिदामा छन् । कोरोना संक्रमण सुरु भएदेखि नै कम्पनीले उनीहरूलाई जबरजस्ती बेतलबी बिदामा हस्ताक्षर गर्न लगाएर क्याम्पमा बसाएको पीडित श्रमिक युवराज लामा मोक्तानले बताए । जागिर गुमाएर अलपत्र परेका नेपाली श्रमिकको अवस्था सरकारले तोकेको हवाई भाडा तिर्न सक्ने छैन । आफूहरूको निःशुल्क उद्धार गरिनुपर्ने उनीहरूको माग छ ।
‘तीन महिनादेखि बेरोजगार भएर बसेका छौँ । धेरै साथीहरूले विभिन्न संघसंस्थाको सहयोगमा खाना खान पाइरहनु भएको छ । यसरी बाँचेका हामी सरकारले डलरमा तोकेको भाडा तिरेर कसरी घर फर्किन सक्छौँ ? विपत्तिमा परेका वेला सरकार पनि हामीमाथि खेलबाड गर्दै छ,’ मोक्तानले टेलिफोनमा भने । उनका अनुसार युएईमा रहेका कतिपय कामदारसँग कम्पनीले दिएको हवाई टिकट छ, तर उनीहरूलाई समेत उद्धार गर्न सरकारले चासो दिएको छैन ।
मोक्तानका अनुसार क्याम्पमा राखिएका नेपालीका लागि सुरुको दुई महिनासम्म कम्पनीले नै खानाको व्यवस्था गरेको थियो । तर, पछिल्लो समय भने दिन छाडेको थियो । सबै श्रमिकले आन्दोलन गरेपछि युएई सरकारको कुनै निकायले फेरि खानाको व्यवस्था गरेको छ ।
म्यानपावर कम्पनीलाई एक लाख २० हजार तिरेर दुबई पुगेका झापाका पूर्णनाथ ढुंगेल एक महिना नपुग्दै जागिरबाट निकालिएका छा् । उनी अन्जली म्यानपावरमार्फत दुबई पुगेका थिए । भलट्रान्स कम्पनीमा काम थालेको १५ दिन नहुँदै लकडाउन सुरु भयो र उनलाई कम्पनीले तीन महिनाको बेतलबी बिदामा राख्यो ।
‘कमाइ गर्ने आसमा आएको थिएँ, आउँदा लागेको खर्च पनि जुटाउन सकिएन । यस्तो अवस्थामा महँगो हवाई टिकट काटेर कसरी घर फर्किन सकिन्छ ?’ उनले टेलिफोनमा पीडा सुनाए । ढुंगेलजस्तै भर्खरै गएका एक सय नेपाली श्रमिक क्याम्पमा छन् । कम्पनीले उनीहरूको भिसा नै रद्द गरिदिने धम्की दिइरहेको छ ।
आफ्ना नागरिक यति ठूलो समस्यामा पर्दा पनि युएईस्थित नेपाली दूतावासले चासो नदिएको नेपाली श्रमिकहरूको आरोप छ । दूतावासका कर्मचारीले फोन समेत नउठाउने गरेको उनीहरूले बताए । ‘दूतावासको फोन उठ्नु भनेको चिट्ठा परेजस्तै हो । फोन बिजी बनाएर राखिदिने गरेका छन् । नाम मात्रको दूतावास हो,’ मोक्तानले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: