Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

‘पुर्खाले लडेर जोगाए, हामी अडे मात्र जोगिन्छ’

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - हाम्रा पुर्खाले लडेर देश बचाए, आज हामी अडे मात्र भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं’, प्रतिनिधिसभा बैठकमा बुधबार विनियोजन विधेयकबारे सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने ।

उनले नयाँ नक्साअनुसार संविधानको अनूसूचीमा रहेको नक्सा सच्याउन दलहरू एक ठाउँ उभिएर राष्ट्रिय एकताको सन्देश दिएको धारणा व्यक्त गरे। ‘अप्ठ्यारो बेला राष्ट्र एक हुने, एकताबद्ध प्रदर्शन हुने नेपाली चरित्र प्रकट भएको छ’, उनले भने, ‘हाम्रो भूमिमाथि न्यायोचित हक स्थापित गर्ने साझा प्रयास हो भन्ने स्पष्ट भएको छ ।’

उनले नयाँ नक्सा जारी गर्ने विषयको जस पाइँदैन कि भन्ने चिन्ता कसैले पनि नगर्न आग्रह गरे। ‘यसमा हामीले कसले जस पाउला कि कोही छुट्ला कि भन्ने चिन्ता नगरौं’, उनले भने, ‘सबैले सर्वसम्मत पारित गरे, सबैको भोट दिए, सबैका मन एक ठाउँ छन् भन्ने स्पष्ट सन्देश हुन्छ ।’

उनले नयाँ नक्सा जारी गरेकामा कसैले जस लिने वा श्रेय लिने विषय ठूलो नभएको स्पष्ट पारे। ‘जनस्तरबाट यो विषय उठेको छ । अध्ययन, अनुसन्धानकर्ताले तथ्यहरू खोेजेका छन्, प्रकट भएका छन्’, उनले भने, ‘यसमा कसले जस लिने, श्रेय लिने, कसको देवकत्वरण गर्ने भन्ने होइन। देशको साझा भावना हो ।’

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नु नै समाधान भएको बताए । भारतसँग राजनीनिक र कूटनीतिक वार्ताबाट समाधान खोजिने उनको भनाइ थियो । ‘समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ’, उनले भने ।

उनले नक्कली नदी वा खोल्सा देखाएर अरूको भूमि कब्जा गर्नु उचित नभएको बताए । ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भूभाग भारतले ०६२ मा सेना राख्यो’, उनले भने, ‘यो कार्य उचित भएन । हाम्रो भूमि फिर्ता हुनुपर्छ । त्यसका लागि वार्ताबाटै समाधान होस् भन्ने पक्षमा हामी छौं ।’

नेपाल–भारत सीमा विज्ञहरूले तयार पारेको प्रतिवेदन भारतले नबुझ्नु दुःखद भएको उनले उल्लेख गरे । भने, ‘हाम्रा तर्फबाट हामी त्यो प्रतिवेदन बुझ्न तयार छौं । भारत पनि तयार हुनुपर्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending