Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

भक्तपुरका दुई होल्डिङ सेन्टरमा ७० थान बहुपयोगी बेड प्रदान, १० ठाउँमा सेन्सरयुक्त धारा ट्याङ्की जडान

भक्तपुर । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीलाई बेड हस्तान्तरण गरिएको हो ।

चुची फाउण्डेशन भक्तपुरका प्रतिनिधि एलिसा अवालवासी र सञ्जय अवालले उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । बस्नका लागि दुई जनासम्मलाई कुर्सीको रूपमा र सुत्न परेमा बेडको रुपमा प्रयोग गर्न सकिने, आवश्यकता पर्दा सजिलै पट्याएर अन्य ठाउँमा लैजान सकिने बहुपयोगी उक्त बेड होल्डिङ सेन्टरलाई प्रदान गरिएको हो ।

प्राप्त ७० थान बेडमध्ये ५० नेपाली सेना र २० नेपाल प्रहरीले प्रयोगमा ल्याएका छन् । जिल्लामा कुनै पनि विपद्का बेलामा प्रयोगमा ल्याउने गरी यी बेडहरु विपद् व्यवस्थापन समितिमातहत रहनेछन् ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका १० ठाउँमा सेन्सरयुक्त हात धुने धारासहितको पानी ट्याङ्की जडान गर्ने कार्य शुरु गरेको छ । कूल रु पाँच लाखको लागतमा एक हजार लिटरको पानी ट्याङ्की, पाइप, हातधुने झोल साबुन र सेन्सरयुक्त धारा जडान गरिएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

रेडक्रसले अहिलेसम्म भक्तपुरको दुई होल्डिङ सेन्टर, मध्यपुरथिमि नगरपालिकाको गेट अगाडि, मध्यपुरथिमि शङ्खधर चोक, आदर्श मावि लायकू, भक्तपुर नगरपालिकाको दूधपाटीस्थित बसपार्कमा जडान गरिएको उनले जानकारी दिए । केही दिनभित्रै बाँकी चार ठाउँमा पनि जडान गरिने बताउँदै उहाँले कोरोना सङ्क्रमण रोक्न सर्वसाधारणले कुनै पनि सामानलाई नछोई हात धुन सक्ने गरी व्यवस्थापन गरिएको सभापति थापाले जानकारी दिए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: