काठमाडौ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताएकन छन् । आर्थिक वर्ष २०७७–७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पारे ।
“पुरानै तथा अत्यवाश्यक काममा मात्र खर्च गरिनेछ’’, उनले भने । अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेका थिए । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ । ’’आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भने ।
सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताए । केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित रहेको आरोपको खण्डन गर्दै उनले बजेट कुनै क्षेत्र र तहमा केन्द्रित नरहेको स्पष्ट पारे । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उनको भनाइ थियो ।
आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताए । सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उनले उल्लेख गरे । आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उनले स्पष्ट पारे। उनका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आर्थिक लाभ लिएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री विश्वकर्माले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए। उनले सो आरोप संसद्को रेकर्डबाट हटाउनसमेत माग गरे । मन्त्री विश्वकर्माले विनाआधार आफ्नो छवि धमिल्याउने काम गरिएको छ भन्दै आफूले खेलकूदको क्षेत्रमा अभूतपूर्व काम गरेको जिकिर गरे । ’’बजेट न्यून भएका कारण खेलकुदका सबै विषयलाई सम्बोधन गर्न सकेका छैनौँ, रु १९ करोड बजेटले कहाँ के गर्ने ?’’, उनले भने । निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेको उनको भनाइ थियो ।
सो अवसरमा सांसद रंगमती शाही, प्रेम सुवाल र एकवाल मियाँले मन्त्री विश्वकर्मालाई पूरक प्रश्न गरेका थिए । सांसद शाहीले खेलकूदको बजेट कम भएको, सांसद सुवालले युवालाई राष्ट्रिय सेवा दलको तालीम तथा सांसद मियाँले देशकै पुरानो वीरगञ्ज रंगशाला जीर्ण भएका बारे प्रश्न सोध्नाका साथै तराई –मधेशमा लोकप्रिय कुसती र कबड्डी खेललाई प्राथमिकतामा राख्न मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: