Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

छ दिनमा रिपोर्ट, दुई दिनमा अस्पताल

बागलुङ । गत बिहीबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका तीन सङ्क्रमितले अस्पताल आउन दुई दिन कुर्नुपर्यो । गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् ।

शुक्रबार बडिगाड गाउँपालिकाबाट गएको एम्बुलेन्सले सङ्क्रमितलाई धवलागिरि अस्पताल ल्याइपुयो । यसबीचमा जिल्ला कमान्ड पोष्टसमेत सङ्क्रमितको शीघ्र उद्धारमा असफल रह्यो । कोरोना देखिएको ३० घण्टापछि बल्ल संक्रमितले अस्पतालको आइसोलेशनमा भर्ना पाए । सँगै पत्ता लागेका बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाका तीन सङ्क्रमितलाई भने शुक्रबार नै अस्पताल ल्याइएको थियो ।

निसीखोला सदरमुकामदेखि झण्डै एक सय १७ किमी टाढा छ । अन्यत्र आइसोलेशन कक्ष नहुँदा सङ्क्रमितलाई सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । दुई दिनमा अस्पताल ल्याइएका ती सङ्क्रमितले कोरोना परीक्षणको रिपोर्ट पनि छ दिनपछि पाएका थिए । गत १७ गते शनिबार स्वाब लिइएकामा बिहीबार बिहानमात्र सङ्क्रमण रहेको पुष्टि भयो । निसीखोलासँगै बडिगाड र गलकोटका सङ्क्रमितको रिपोर्ट पनि उसैगरी ढिलो आयो ।

आज थप पुष्टि भएका बडिगाडका नौ र ढोरपाटन नगरपालिकाका एकजना सङ्क्रमितको रिपोर्ट पनि छ दिनमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुरज गुरौका अनुसार गत १९ गते स्वाब लिई परीक्षणका लागि पोखरास्थित कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सो प्रयोगशाला गण्डकी प्रदेशकै एकमात्र कोरोना परीक्षण हुने प्रयोगशाला हो । प्रयोगशालामा अहिले दैनिक बढीमा ५०० वटा स्वाबको मात्र परीक्षण हुने गर्छ । स्वाबको बढ्दो चाप र प्रयोगशालाको न्यून क्षमताका कारण रिपोर्ट आउन ढिलाइ हुने गरेको छ । “केही दिनमै नयाँ आरटी–पिसिआर मेशिनबाट परीक्षण बढाउने जानकारी पाएका छौँ, त्यसपछि दैनिक एक हजारसम्मको परीक्षण हुन सक्छ”, प्रमुख गुरौले भने। गण्डकी प्रदेशले आफैँ आरटी–पिसिआर मेशिन खरिद गरेर परीक्षणको दायरा बढाउन लागेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि धवलागिरि अस्पतालमै पिसिआर परीक्षण सेवा शुरु गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । बागलुङमा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ । छिमेकी पर्वतमा नौ र म्याग्दीमा दुईजना सङ्क्रमित भेटिएका छन् । यस क्षेत्रको मुस्ताङमा भने अहिलेसम्म कोरोना देखिएको छैन । “धवलागिरि अस्पतालमै पिसिआर मेशिन राख्नका लागि प्रदेश सरकारसँग माग गरेका छौँ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भने, “सुनुवाइ हुन के गर्छ हेरौँ, हाम्रो तर्फबाट पहल अघि बढाइएको छ ।”

जिल्लाबाट पठाएको स्वाबको रिपोर्ट आउन हप्ता दिनसम्म लाग्नु विडम्बनापूर्ण भएको उनको भनाइ छ । पोखराको प्रयोगशालाले उल्टै अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराललाई काजमा पठाइदिन भन्दै पत्र पठाएको अध्यक्ष रानामगरले बताए । जिल्लाको पश्चिम भेगबाट स्वाब सङ्कलन गरी सदरमुकाम ल्याउनै दुई दिन लाग्छ । त्यसरी सङ्कलित स्वाबलाई पोखरा पठाउन पुनः तीन घण्टा समय लाग्छ । रिपोर्ट आउँदासम्म हप्ता दिन बित्छ । परीक्षणको रिपोर्ट ढिलो आउँदा क्वारेन्टिनमा सङ्क्रमणको जोखिम थप बढ्छ ।

भारतबाट आई स्थानीय तहका क्वारेन्टिनमा बसेका व्यक्तिको मात्र अहिले कोरोना परीक्षण भइरहेको छ । भारतबाट आएका एक हजार ६०० भन्दा बढी क्वारेन्टिनमा छन् । तीमध्ये करीब चार सयजनाको मात्र स्वाब परीक्षण गरिएको छ । जिल्लामा कोरोना देखिएका २९ मध्ये २७ जना हालै भारतबाट आएका व्यक्ति हुन् । गत चैतमा सङ्क्रमित बनेका बागलुङ नगरपालिकाका दुई महिला भने उपचारपछि निको भइसकेका छन् । बेल्जियमबाट आउँदा उनीहरुमा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित बढेसँगै आइसोलेशन श्यया अपुग भएको छ । धवलागिरि अस्पतालको आइसोलेशन कक्ष सङ्क्रमितले भरिएको छ । सो अस्पतालमा अहिले १७ जना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमित थपिँदै जाँदा धवलागिरि अस्पतालले मात्र नथेग्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । कूल १७ सङ्क्रमितसँगै कोरोनाका शङ्कास्पद दुई बिरामीको समेत आइसोलेशनमा उपचार चलिरहेको उनको भनाइ छ ।

अस्पतालले प्रसूति कक्षलाई पोषण सुधार गृहमा सारेर आइसोलेशन श्यया विस्तार गरेको छ । कोरोना सङ्क्रमित बढेपछि अस्पतालका अन्य नियमित सेवा प्रभावित हुन थालेका छन् । सो अस्पतालले मात्र सङ्क्रमितको चाप धान्न नसक्ने देखिएपछि आज पुष्टि भएका दश सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसमा सञ्चालित ‘प्रि–आइसोलेशन कक्ष’मा राख्ने तयारी भइरहेको छ ।

धवलागिरि अस्पतालअन्तर्गत सञ्चालन हुने गरी बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको समन्वयमा उक्त क्याम्पसमा ५० श्ययाको ‘प्रि–आइसोलेशन कक्ष’ बनाउने गरी जिल्ला कमान्ड पोष्टले तयारी थालेको छ । स्वास्थ्य अवस्था सामान्य भएका र लक्षण नदेखिएका सङ्क्रमितका लागि गलकोट, बुर्तिबाङ र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १२÷१२ श्ययाको ‘प्री–आइसोलेशन कक्ष’ बनाइने भएको छ ।

उक्त कक्षका लागि चाहिने दक्ष जनशक्ति र भौतिक सामग्री व्यवस्थापनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा २५ लाख बजेट माग गरिएको प्रजिअ एवं जिल्ला कमान्ड पोष्टका संयोजक गौलोचन सैँजूले बताए । “स्वास्थ्य अवस्था सामान्य रहेका र लक्षण नदेखिएका सङ्क्रमितलाई प्री–आइसोलेशन कक्षमा राख्ने गरी व्यवस्था मिलाउँदैछौँ”, प्रजिअ सैँजूले भने, “कोरोनाको लक्षण देखिएर उपचार गर्नुपर्ने भएमा मात्र अस्पताल ल्याउँछौँ ।”

‘प्रि–आइसोलेशन’ कक्षमा रहँदा पनि सङ्क्रमित चिकित्सक, स्वास्थ्यकर्मीको विशेष निगरानीमा भने रहनेछन् । बडिगाड गाउँपालिकालगायतका स्थानीय तहले समेत आइसोलेशन कक्ष निर्माणमा अग्रसरता देखाएका छन् । स्थानीय तहमै आइसोलेशन कक्ष तयार भएमा सामान्य स्वास्थ्य अवस्था भएका सङ्क्रमितलाई सदरमुकाम ल्याउनुपर्ने बाध्यता हट्नेछ । सङ्क्रमितको उद्धार, व्यवस्थापन र उपचारमा सहजता थपिनेछ । आइसोलेशन श्यया अभावकै कारण आज पुष्टि भएका सङ्क्रमितलाई कहाँ राख्ने भन्नेमा शुरुमा अलमल देखिएको थियो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले पूर्वतयारी नहुँदा सङ्क्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएको बताए । सङ्क्रमित अझै बढ्ने देखिएकाले आइसोलेशन कक्ष विस्तार गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा भेटिएकामध्ये सबैभन्दा बढी सङ्क्रमित बडिगाडका छन् । यसअघि सदरमुकामस्थित नीलगिरि अस्पतालले तीन, मुक्तिनाथ अस्पतालले दुई, सफल पोलिक्लिनिकले एक र गलकोट नगरपालिका–३ हटियास्थित आरोग्य अस्पतालले दुई श्यया आइसोलेशनका लागि छुट्याए पनि प्रयोगमा आएका छैनन् ।

आइसोलेशनमा सङ्क्रमित भर्ना गर्न निजी अस्पताल झट्टै तयार हुने छाँटकाँट देखिएको छैन । अस्पताल र स्वास्थ्य संस्थाले धान्न नसक्ने अवस्था आएमा लक्षण नदेखिएका सङ्क्रमितलाई निर्देशिकाअनुसार होम आइसोलेशनमा बस्न प्रेरित गरिने भएको छ । जिल्लामा हालसम्म भेटिएका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending