Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतमा तिव्र गतिमा फैलदै कोरोना संक्रमण, दूइ लाख पुग्दै

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । तीव्र गतिमा भइरहेको संक्रमणका कारण भारतमा दुई लाख नजिक संक्रमित पुगेका छन् ।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

संक्रमितमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।

२४ घण्टामा कोरोना

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २०० जनाको मृत्यु भएको छ । यो तथ्यांकसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७७६ कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या विश्वकै तेस्रो बढी हो । पहिलो स्थानमा रहेको अमेरिकामा ७२८ र दोस्रो ब्रजिलमा ७३२ जनाको ज्यान गएको छ ।

लकडाउन खुकुलो

भारतमा सोमबारदेखि लकडाउन खुकुलो भएको छ । यसलाई भारतले अनलकको पहिलो चरण भनेको छ । यसअन्तरगत भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न अनुमति दिएको छ ।

यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा मात्रै खोलिने छन् । अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending