काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति रहेको बताएका छन्। नेता गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै महाकाली सन्धि राष्ट्रघाति रहेको बताएका हुन्।
नेता गौतमले भने, सन् १८१६ मा सुगौलि सन्धि गर्दा भारत सरकार नरहेको र सो सन्धि गर्दा इष्टइण्डिया कम्पनी थियो। इष्टइण्डिया कम्पनीले भारत छोडेर गइसकेपछि एकपक्षीय रुपमा सो सन्धि कार्यान्वयन हुन नसक्ने हुँदा सुगौलि सन्धि हुनुभन्दा अगाडिकै नेपाली भू-भाग झण्डै चारलाख वर्ग किलो मिटर भन्दा बढि नेपाली भू-भाग कायम रहनु पर्ने कुरा वुद्धिजिविहरुले आवाज उठाउनु पर्छ।’
उनले भारतले जर्वजस्र्ती गरेर समस्याको समाधान नहुने भन्दै आफूहरुले पनि तत्कालीन समयमा जनतालाई व्यापक जागरण र चेतना फैलाउने काम गरेको बताए। सीमा समस्याको कुरा उठान हुँदा ठूलै घटना घट्नु पर्दछ महाकाली सन्धि गर्दा त्यसबेला नै हामी नेपाली धेरैनै ठगिएका रहेछौं त्यसबेला पनि हामीले निकै आवाज उठाएका थियौं। उनले भनेर्, यतिबेला भारतले आफनो राजनैतीक नक्शामा नेपालका केही भू-भागसहित सार्वजनिक गरेपछि सीमा र राष्ट्रियताको कुरा फेरि उठान भएको छ। कालापानी लगायत नेपाली भूमिमा बसेका भारतीय सेनाहरु फिर्ता हुनु पर्छ।
सार्वभौमिकता कसैले लैजाने र फिर्ता गर्ने विषय होइन नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता हुनु पर्छ।’
कसरी भयो महाकाली सन्धि
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको राष्ट्रघाती टनकपुर सम्झौताकै कडीमा रुपमा भएको महाकाली सन्धी पारित गराउन हालका भारतीय राष्ट्रपति पर्णव मुखर्जी र केपी ओलीको अहम् भूमिका थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनपछि गठन भएको नेकपा एमालेको अल्पमतको सरकार नौ महिनामै विघटन भयो । एमाले सरकार विघटनसँगै शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको गठबन्धन सरकार बन्यो। प्रधानमन्त्री देउवाको पालामा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’मा हस्ताक्षर भएको थियो।
२०५२ साल माघ १५ गते १९९६ जनवरी २९ तारिकमा परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षरित सन्धिमा नेपालका तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए । त्यतिखेर ओलीले महाकाली सन्धीको बिरोध गरेका थिएनन् तर वामदेव गौतम लगाएतका नेताहरुले भने त्यसको खुलेर बिरोध गरेका थिए । यसैसन्धीका बिषयमा बिबाद चुलिएपछि गौतमले पार्टी फुटाएर नेकपा मालेसमेत गठन गरेका थिए।
मुखर्जीले परराष्ट्रस्तरमा गरेको हस्ताक्षरको सन्धीपछि गएर २०५२ माघ २९ (१९९६ फेब्रुअरी १२) का दिन नयाँ दिल्लीमा महाकाली सन्धिमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावले हस्ताक्षर गरे। नेपालको हितविपरीतको महाकाली सन्धि सत्तारुढ नेपाली काँग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण समर्थनमा २०५३ असोज ४ गते तत्कालीन संसद्को दुईतिहाई बहुमतबाट पारित भएको थियो। महाकाली सन्धीका ओली साक्षी हुन्। महाकाली सन्धीका कुरा अठ्दा के पी ओलीको नाम जोडिने गरे पनि यसका उनको प्रत्यक्ष सहभागिता भने थिएन।
के छ महाकाली सन्धिमा ?
महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ। भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त नगरपालिका ९ मटेनासम्म एक हजार दुई सय मिटर नहर निर्माण गर्नुपर्ने भएपनि महाकाली सन्धि भएको दुई दशक बित्दासमेत यसबारे चासो दिएको छैन। अर्को्तिर भारतले यो सन्धि कार्यान्वयनमा सधै आनाकानी गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: