Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित

काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - रात दिन हिन्दू–मुस्लिम भनेर बहस चलाउने र जनताका एजेन्डा लुकाउने भारतीय साम्प्रदायिक मिडियाले नेपालविरुद्ध विषवमन गरिरहेका छन् । जी न्यूजले त नेपाल र भारतको सैनिक संख्याको तुलना गरेर पनि देखाएको छ ।

हुन त मूलधारका भनिने भारतीय मिडियाले नागरिक अधिकार, राज्यको दायित्व, मानवीय संवेदना र ऐतिहासिक दस्ताबेजसँग कुनै साइनो राख्दैनन् । समाचारका नाममा कलाविहीन सर्कस चलाउने भारतीय टेलिभिजनले अहिले नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा आफ्नो निम्छरो जानकारी उदांगो बनाइरहेका छन् ।

एबिपी न्यूजको प्रातकालीन कार्यक्रममा बुधबार अभिनेत्री मनीषा कोइरालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि–ट्विट गर्दै मनीषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले यो पनि लेखेकी थिइन्, ‘अब तीन महान् देशले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमा समाधान गर्नुपर्छ ।’

मनीषाको यति ओजपूर्ण टिप्पणीमा समेत एबिपीमा प्रस्तोताहरूको प्रश्न थियो, ‘लिपुलेकको विषयमा नेपाल र भारतको बीचमा विवाद हुँदा मनीषाले तेस्रो देश ९चीन० लाई किन आमन्त्रण गरिन् रु’ ती प्रस्तोतालाई लिम्पियाधुरा क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु हो, त्यहाँ दक्षिणतिर नेपाल र भारत छन् भने उत्तरतिर चीन छ भन्ने पनि जानकारी छैन ।

भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले भारतमा काम गर्ने नेपाली दाजुभाइमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । तर, नेपालमा पनि भारतीय नागरिक काम गर्छन् भन्ने जानकारी राखेका छैनन्न्।

त्यति मात्र होइन, भारत त्यस्तो देश हो जसका तीन करोड २१ लाख नागरिक अन्तर्राष्ट्रिय श्रम बजारमा छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाउनु दासत्व होइन भन्ने चेत नभएका टेलिभिजन प्रस्तोताले अभिनेत्री मनीषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्विकार्नु पर्ने तर्क गरिरहेका छन् ।

त्यसो त जी न्युज, आजतक र एबिपी न्यूज जस्ता भारतीय मिडिया भारतमै पनि चौथो अंग होइन, सरकारकै ‘चारपाई’ रूपमा पहिचान बनाएका छन् । त्यति मात्र होइन, सरकारसँग विवेकसम्मत प्रश्न गर्ने पत्रकारहरूलाई सरकारसँग मिलेर उनीहरूले नै लखेटिरहेका छन् । आजतक होस् वा एबिपी न्युज, इन्डिया न्युज होस् वा इन्डिया टिभी, टाइम्स नाउ होस् वा रिपब्लिक टिभी सबै कोरोना छोडेर नेपालविरुद्ध विषवमनको एकसूत्रीय मिसनमा उत्रेका छन् ।

यो भिडमा हल्लाबाज टेलिभिजन प्रस्तोता मात्र होइन, केही वरिष्ठ पत्रकार पनि मिसिएका छन् । भारतको प्रतिष्ठित दैनिक द इन्डियन एक्सप्रेसका पूर्वसम्पादक तथा हाल द प्रिन्ट अनलाइनका संस्थापक शेखर गुप्ताले पनि नेपालको विषयमा अपूरो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफ्नो भिडियो प्रस्तुतिमा भनेका छन्, ‘सन् १८५७ पछि तत्कालीन ब्रिटिस भारतले नेपालका कपिलवस्तुदेखि जनकपुरसम्मको सारा तराई फिर्ता दिएको हो ।’ जब कि त्योवेला कपिलवस्तुदेखि जनकपुरसम्मको सारा भूमि होइन, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले फिर्ता पाएको हो । शेखर गुप्ता जस्ता पत्रकारले पनि इतिहासको विषयमा सामान्य पनि जानकारी नराखी अफवाह फैलाइरहेका छन् ।

गुप्ताले यो पनि भनेका छन्, ‘काली नदी सीमानदी हो, तर लिपुलेकबाट काली नदीको मुख्य धार आउँछ, अरू त साना–साना झरना हुन् ।’ जब कि महाकाली नदीको सबैभन्दा ठूलो धारा नै लिम्पियाधुराबाट निस्कन्छ ।

तर भारतीय सञ्चारमाध्यमले नेपालले जारी गरेको नयाँ नक्सालाई चिनियाँ बलमा नेपालले चालेको भारतविरोधी कदमका रूपमा प्रस्तुत गरिरहेका छन् । जब कि भारत र चीनले २०१५ मा यही क्षेत्र हुँदै व्यापार गर्ने सहमति गरेको विषयमा नेपालले उतिवेलै दुवै देशलाई कूटनीतिक नोट लेखेर विरोध गरेको थियो । तर, अहिले हिन्दुस्तान टाइम्मले सम्पादकीय लेखेर ‘चिनियाँ समर्थन प्राप्त ओली सत्तासँग नयाँदिल्ली सतर्क’ हुनुपर्ने बताएको छ ।

भारतीय मिडियाले इतिहासदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको थियो भन्ने दाबी गरेका छन् । तर, नेपाली मिडियाले पटक पटक ऐतिहासिक प्रमाण प्रस्तुत गरेका छन् । नेपाली मिडियाले तथ्य प्रस्तुत गरेका छन्– सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच सुगौली सन्धि सम्पन्न भएको थयो । सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमानदी भनिएको छ ।

सन् १८२७ मा सर्भे अफ इन्डियाले नै तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘रिभर अफ काली’ भनिएको छ । त्यसको पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ । त्यस्तै सन् १८५६ सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । यो नक्सामा पनि पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ ।

तर, सन् १८७९ मा ब्रिटिस अधिकारीहरूले जारी गरेको नक्सामा संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो । त्यसपछिका नक्सामा लिम्पियाधुराभन्दा ३१० वर्ग किलोमिटरयता लिपुलेकबाट बग्ने खोलालाई काली नदी भनियो । यही विषय नेपालका सीमाविद्, नागरिक समाज र मिडियाले उठाउँदै आएका थिए ।

अहिले सरकारले आधिकारिक घोषणा गरेको छ । तर, ऐतिहासिक तथ्यसँग साइनो नराख्ने भारतीय मिडियाले हिजो पाकिस्तान र चीनको विषयमा जस्ता शब्द प्रयोग गर्थे, आज नेपालको विषयमा त्यही शब्द दोहोर्‍याउन थालेका छन् । तर, नेपाल सरकारले गम्भीर कूटनीतिक संवादबाट भारतीय सेनालाई नेपाली भूमिबाट फिर्ता पठाउनेछ, लिम्पियाधुरामा नेपाली झन्डा फहराउनेछ भन्नेमा नेपाली जनता विश्वस्त छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: