काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको हो होइन भनि अनुसन्धान सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युबारे अनुसान्धान थालेको हो । जसका लागी मन्त्रालययको विज्ञ टोली धुलिखेल अस्पताल पुगिसकेको छ भने अस्पताल सिल गरिसकिएको छ ।
ज्वरो तथा रुघा खोकी आएपनि स्थानीय अस्पतालमै उपचार गराएकी उनको अवस्था गम्भिर भएपछि विहिबार धुलिखेल अस्पताल ल्याइएको थियो । उनको अस्पतालमा ल्याउँदा साथै मृत्यु भएको थियो । बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल सुत्केरी भएकी उनी २५ गते घर फर्किएकी थिईन ।
अस्पतालकै ल्यावमा गरिएको परिक्षणमा महिलाको कोरोना (कोभिड–१९) पोजेटिभ देखिएको छ । तर स्वास्थ्य मनत्रालयले उनको मृत्यु कोरोनाबाट भयो कि अन्य रोगबाट भयो भनेर थप अनुसन्धान गरिरहेको कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराएका छन् । उनको थप परिक्षणहरु भईरहेको बताइएको छ ।
गाउँ र माइति गाउँ सिल गरियो
मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।
शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
उनको प्रथामिक उपचार गरिएको बाह्रविसे स्वाथ्यकेन्द्र समेत सिल गरिसकिएको बताइएको छ । उनको सम्पर्कमा आएकाहरुलाई समेत घरबाट कतै नजान भनिएको छ भने बागमति प्रदेश सरकार अन्तर्गत स्वास्थ्यको एक टोली गाउँ र माइति टोलीमा परिक्षणका लागी हिडेको छ ।
धुलिखेल रिफर गरिएकी उनलाई घर लगिएको थियो
बाह्रविसे स्वास्थ्यकेन्द्रमा पुर्याइएकी उनको स्वास्थ्य समस्या कोरोनासँग मिल्दोजुल्दो देखिएपछि स्वास्थ्यकेन्द्रले धुलिखेल अस्पताल रिफर गरेको थियो । आर्थिक समस्या परे रेडक्रसले एम्बुलेन्स निशुल्क मिलाईदिने समेत उनलाई स्वास्थ्य केन्द्रले बताएको थियो । तर उनलाई धुलिखेल नलगि घर लगिएको पाइएको छ ।
स्वास्थ्यकेन्द्रकी मेडिकल अधिकृत निशान्ता शर्माले विरामीका आफन्तको नम्बर लिएर पठाएकी थिईन् । उनले अवस्था बुझ्न फोन गर्दा घर गएको थाहा पाएपशि प्रहरी पठाएर उनलाई धुलिखेल अस्पताल पठाइएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: