Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कपिलवस्तु : चोर नाकाबाट फर्के तीन हजार

जीतपुर । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् । तीमध्ये संक्रमित एक महिला कपिलवस्तु नगरपालिकाका स्वास्थ्यकर्मी हुन् । बुधबार कोरोना पुष्टि भएका पुरुष पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । आज फेला परेका संक्रमित कपिलवस्तु –४ का २२ वर्षीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । यससंँगै कपिलवस्तु नगरपालिकामा मात्र संक्रमित नौ जना पुगेका छन् ।

गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये अहिलेसम्म नौ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य सांयोजक उमेश गुप्ताले बताए । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ ।

पछिल्लो तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब तीन हजार चार सय मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन् । कोरोना भाइरसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ । वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइनमा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा भरिभराउ भएपछि व्यवस्थापनमा चुनौती देखिएको बताए।

जिल्लामा सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा एक हजार २२ जना क्वारेन्टाइनमा छन् । यस्तै कृष्णनगर नगरपालिकामा ७७०, शुद्धोधन गाउँपालिकामा ५५३, मायादेवी गाउँपालिका ४७८, विजयनगर गाउँपालिकामा ३६५, शिवराज नगरपालिकामा १८२, वाणगंंगा नगरपालिकामा ५२, यशोधरा गाउँपालिकामा ६३८, कपिलवस्तु नगरपालिकामा ३६०, बुद्धभूमि नगरपालिकामा ३६८ जना क्वारेनटाइनमा छन् । ती सबै भारतबाट फर्केका हुन् । दश पालिकामा हालसम्म चार हजार ९६५ क्वारेन्टाइनका शय्या छन् ।

यस्तै अहिलेसम्म पिसिआरका लागि जिल्लाबाट ६६२ जनाको स्वाब संकलन गरी पठाइएकामा ४७६ जनाको नतिजा आएको छ । तीमध्ये ३० जना संक्रमित भेटिएका छन् । एक सय ८६ जनाको रिपोर्ट अझै आउन बाँकी छ । यशोधरामा १२, कपिलवस्तुमा नौ, मायादेवीमा चार, बुद्धभूमिमा चार र शुद्धोधनमा एक संक्रमित भेटिएका छन् । भारतबाट पैदल, ट्रक, ट्रयाक्टरलगायत सवारी साधनमा सीमामा पुगेपछि उनीहरु राति पैदल हिँडेर जिल्ला प्रवेश गरेको स्थानीयवासी बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending