Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी फर्किए

काठमाडौ । कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् ।

सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेका अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो ।

नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ । यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६६६ नागरिक स्वदेश फर्केका विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

यसैगरी जर्मनीका ६५६, अमेरिकाका ५३५, फ्रान्सका ४२५, क्यानाडाका ३२२, अष्ट्रेलियाका २३६, नेदरल्यान्डका १७६, दक्षिण कोरियाका १६३, जापानका १६२, स्पेनका १३४, स्विट्जरल्यान्डका ११४, इटालीका ११३, रसियाका १०४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलङ्काका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५÷४५ तथा भूटानका ४४ नागरिक स्वदेश फर्केका छन् ।

यस्तै डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हङ्गेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१÷२१, चीन र भारतका २०÷२०, सिङ्गापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात÷सात, स्लोभाकियाका छ, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चार÷चार नागरिक फर्किएका विभागले जनाएको छ । यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीन÷तीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुई÷दुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending