काठमाडौँ । सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ ।
भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण आज प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताए ।
सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी राष्ट्र भारतसँग सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको स्पष्ट गर्दै लिम्पियाधुराबाट उत्पत्ति भइ बग्ने कालीनदी नै महाकालीको वास्तविक उद्गम भएको र त्यसपूर्वका लिपुलेकलगायत कालापानी क्षेत्र नेपालकै भएको ऐतिहासिक प्रमाण, नक्सा, तथ्य र सुगौली सन्धिलगायत अन्य दस्तावेजले पुष्टि गरेको नेपाल सरकारको अडान दोहोर्याए ।
वर्तमान सरकार राष्ट्रिय हितका पक्षमा दृढता र कुशलताका साथ अगाडि बढ्ने बताए उनले राष्ट्रिय चासोको संवेदनशील यो विषयलाई सरकारले गम्भीररूपमा लिएको स्पष्ट गरे । कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको वर्तमान अवस्थामा भारतको पछिल्लो कदम द्विपक्षीय सम्बन्धलाई प्रभावित पार्ने किसिमको भएको ठहर सरकारले गरेको धारणा व्यक्त गर्दै उनले संयम र धैर्यका साथ राष्ट्र हितविपरीत सम्झौता नगरी समस्याको निराकरणका निम्ति सरकार लागिरहने प्रतिबद्धता दोहोर्याए ।
दीर्घकालदेखि समाधान हुननसकेको सीमासम्बन्धी विवाद वार्ताका माध्यमबाटै समाधान गर्ने नेपाल सरकारको निर्णयको प्रतिउत्तरमा भारतले पनि कोभिड–१९ महामारीपछिको सामान्य अवस्थामा फर्किएपछि वार्ता गर्ने आशयको वक्तव्य जारी गरेकाले भारतसँग शीघ्र वार्ता हुनेमा नेपाल आशावादी रहेको मन्त्री ज्ञवालीले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले समितिको निर्देशनअनुरुप नेपालको नयाँ नक्सा जारी गर्न परराष्ट्र मन्त्रालयबाट पनि कूटनीतिक प्रयास हुनु वर्तमान सन्दर्भमा अपरिहार्य भएको बताउँदै कूटनीतिक माध्यमबाट समन्वय र सहयोग नभएसम्म नापी विभाग एक्लैले त्यसो गर्न असमर्थ हुने जानकारी दिए । दुई देशबीचको सीमा समस्या समाधान गर्न दुवै देशका सरकारले स्थापना गरेका सीमा कार्यदल निरन्तर समन्वय र सम्पर्कमा रहेको जानकारी दिँदै उनले सम्बन्धित निकायले सीमासम्बन्धी काम गरिरहेको बताए ।
समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा समितिका सदस्यहरुले भारतको हेपाहा प्रवृत्तिविरुद्ध सिङ्गो मुलुक एकजुट हुनुपर्ने, द्विपक्षीयरुपमा समस्या समाधान गर्न भारतले आनाकानी गरे त्यसलाई संयुक्त राष्ट्रसंघमा पुर्याउनुपर्ने, लिपुलेक त्रिदेशीय विन्दु भएकाले चीनसँग पनि यस सम्बन्धमा परामर्श गर्नैपर्नेमा जोड दिए ।
यसअघि समितिले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: