काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस महाव्याधि (कोभिड –१९) बाट अलपत्र वैदेशिक रोजगारीमा रहेका कामदार तत्काल ल्याउन सरकारलाई दबाब परेको छ। आन्तरिक तथा बाह्य दबाब परे पनि सरकार तत्काल कामदार ल्याउने मनस्थितिमा छैन।
प्रतिनिधिसभाको श्रम तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिले आयोजना गरेको छलफलमा बोल्ने सांसदले अलपत्र कामदार तत्काल ल्याउनुपर्ने बताए। छलफलमा भाग लिने अधिकांश सांसदले कोरोनाका कारण रोजगारी गुमाएका, वैदेशिक रोजगारीमा पुगेको केही समयमा काम गर्न नपाएका, कागजातबिहीन अवस्थामा काम गर्न बाध्य भएका, ४१ दिनको अवाधिमा उडान बन्दका कारण आउन नपाएका कामदार ल्याउन सरकारसँग माग गरेका हुन्।
सांसद बृन्दा पाण्डेले प्राथमिकता चयन गरी खान नपाएर भोकै बस्न बाध्य भएका कामदार तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराइन। त्यस्ता कामदार धेरै नभइ ८ देखि १० हजार जति हुन सक्ने भन्दै उद्दार गर्न ढिलाइ गर्न नहुने बताइन्। सांसद दुर्गा बिकले वैदेशिक रोजगारीमा रहेका कामदार डिप्रेसनमा गएको भन्दै तत्काल उद्दार गर्न जोड दिइन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चार लाख श्रमिक तत्काल स्वदेश फर्कन चाहेका छन्। त्यसमध्ये करिब चालिस हजार श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। सरकारले जो जहाँ छ, त्यही सुरक्षित रहने नीति ल्याएको छ। तत्काल कामदार ल्याउन सक्ने स्थिति नभए पनि कसरी ल्याउने र कहाँ व्यवस्थापन गर्नेबारे आवश्यक गृहकार्य भइरहेको ज्ञवालीले बताए।
रोजगारीमा रहेका दुई लाख १८ हजार श्रमिक रोजगारी गुमाएर अलपत्र परिसकेका छन्। सेवा क्षेत्र, होटल, सेक्युरिटी, फुड एण्ड बेभरेज, वस्तु आपूर्ति, ढुवानी क्षेत्रका कामदारले रोजगारी गुमाएका छन्। मन्त्री ज्ञवालीले कसरी सुरक्षित तरिकाले ल्याउन सकिन्छ भनेर तयारी गरे पनि ठ्याक्कै यस दिनदेखि ल्याउँछौं भन्ने अवस्था नभएको बताए। कुवेतले आफ्नै खर्चमा कागजात बिहीन अवस्थामा बसेका करिब पैतिस सय कामदार फिर्ता ल्याइदिन लागेको उनले बताए।
श्रममन्त्री रामेश्वर राय यादवले कोरोनाका कारण चार लाख श्रमिक फिर्ता गर्नु पर्ने अवस्था आए पनि एक लाख १२ हजार श्रमिक तत्काल फिर्ता गर्नुपर्ने देखिएको बताए। मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार र ओमानबाट पाँच सय कामदार तत्काल फिर्ता गर्नु पर्ने उनले बताए।
श्रममन्त्री यादवले कुन मन्त्रालयबाट कति रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने बिषयमा अन्तर मन्त्रालय समन्वय गरी अध्ययन भइरहेको बताए। वैदेशिक रोजगारीबाट फर्केका र श्रम बजारमा आउने सबैलाई व्यवस्थापन गर्नका लागि सरकारले योजना आयोगका एक सदस्यको संयोजत्वमा कार्यदल बनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले कोरोनाले विश्वव्यापीरूपमा मनोवैज्ञानिक त्रास रहेको भन्दै वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारको व्यवस्थापन गर्न आन्तरिक तयारी भइरहेको बताए।
सरकारले रोजगारी गुमाएका कामदारलाई तत्काल ल्याउन सक्ने अवस्था नरहेको भन्दै उडान खुल्नासाथ प्राथमिकताका आधारमा ल्याउने योजना बनाएको छ। कम्पनीबाट विदा भएका र नेपाल आउन नपाएका कामदारको राहत र उद्दारका लागि बजेट व्यवस्थापन भइसकेको उनले बताए। श्रम सचिव बिनोद केसीले उनीहरूको उद्दार समाजमा पुनस्र्थापना गर्दै रोजगारी र उत्पादनमा लगाउने अथवा पुनः वैदेशिक रोजगारीमा जान चाहनेलाई पठाउने सरकारले योजना बनाएको बताए। कोरोना कारण एक सय शव विदेशमा अलपत्र परेको सचिव केसीले बताए।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: