Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सङ्क्रमितको संसर्ग र सम्पर्कमा आएकाको खोजी गरी परीक्षण गर्न आग्रह

राँझा । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित देखिँदैमा त्रसित नभई संयमित हुन आग्रह गरेका छन् । बाँकेमा १६ जना कोरोना सङ्क्रमित भेटिएपछि अवस्था बुझ्न नेपालगञ्ज आएका मन्त्री बरालले जिल्ला प्रशासन कार्यालय बाँकेमा आज आयोजित जिल्ला सुरक्षा समन्वय बैठकमा धैर्यका साथ सबैले आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।

मन्त्री बरालले सङ्क्रमितको संसर्ग भएका र सम्पर्कमा आएका सबै व्यक्तिको खोजी गरी परीक्षण गर्न आग्रह गर्दै भने,‘सङ्क्रमित फेला पर्दैमा आत्तिनुपर्ने अवस्था छैन, सङ्क्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्नुस्, त्यसका लागि आवश्यक सामग्री अभाव हुँदैन ।’

सम्भावित जोखिमलाई ध्यानमा राखी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितलाई उपचारको व्यवस्था गरी जोखिम बढ्न नदिन आवश्यक सम्पूर्ण तयारी गरिएको उनको भनाइ छ ।

मन्त्री बरालले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गरिएको जिकिर गरे ।

आजै जिल्ला स्वास्थ्य कार्यालय र भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीसँग छलफल गर्दै मन्त्री बरालले विपद्का बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्ने बताए । बाँकेमा कोरोना सङ्क्रमणको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी गराएका थिए । नेपालगञ्जमा भेटिएका १६ कोरोना सङ्क्रमितलाई प्रदेश सरकारले स्थापना गरेको आइसोलेशन अस्पतालमा राखेर उपचार शुरु गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending