Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बस्नेत, श्रेष्ठ र खनालविरुद्दको उजुरी दर्ता, सांसद पद के हुन्छ ?

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादव अपहरण तथा शरीर बन्धकसम्बन्धि दिएको उजुरी काठमाडौं सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ ।

यादवले सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालका विरुद्द दिएको उजुरी यसअघि काठमाडौं जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेपछि वकिल कार्यालयमा दिइएको थियो ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार जाहेरी दर्खास्त वा सुचना दर्ता गर्न प्रहरीले नमानेमा सरकारी वकिल कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था अन्तर्गत यादवले उजुरी दिएका थिए ।

यसअघि केही दिन अध्ययन गर्न भन्दै काठमाडौं सरकारी वकिल कार्यालयले पनि दर्ता गरेको थिएन । सोही उजुरी आज दर्ता भएको हो ।

उता राष्ट्रिय मानवअधिकार आयोगमा भने बस्नेत, श्रेष्ठ र खनालले बाबुराम भट्टराई लगायतका नेताहरुविरुद्द मानवअधिकार उलंघनको उजुरी दर्ता गराएका छन् ।

अब के हुन्छ ?

फौजदारी कार्यविधि संहिता अनुसार सरकारी कार्यालयले उजुरीको अभिलेख आफ्नो कार्यालयमा राखेर काठमाडौं प्रहरी कार्यालयलाई उजुरी दर्ता गर्न ३ दिनको म्याद राखि निर्देशन जारी गर्नेछ ।

अधिवक्ता प्रभाकर खनालका अनुसार प्रहरी कार्यालयले खटाएको अनुसन्धान अधिृकतले मुद्दा चलाउन पर्ने/नपर्ने र प्रमाण भएको नभएको खुलाई ३ दिनभित्र सरकारी वकिल कार्यालयमा राय पेश गर्नुपर्नेछ । सरकारी कार्यालयको थप निर्देशनको आधारमा उप्रान्त मुदा प्रक्रिया अघि बढ्नेछ ।

खनालका अनुसार अभियोगीलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाएको अवस्थामा मात्रै सो अवधिभरका लागी संसद पद निलम्बन हुन्छ भने अभियोग रिहा भएमा मुद्दा चलिराखेपनि सांसद पद निलम्बन नहुने कानुनी व्यावस्था रहेको छ ।

पछिल्लो कानुनी व्यवस्था अनुसार भ्रष्टाचार अभियोगबाहेक अन्य अभियोगमा सांसद पद स्वत निलम्बन हुने कानुनी व्यवस्था रहेको छैन । प्रमाणित भएको अवस्थामा मात्रै सांसद पद निलम्बन हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: