बेनी । बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश छन्। लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका हुन् ।
दुई हजार ३५० वटा कुखुराका चल्ला र दानापानीसहित अहिलेसम्म रु साढे सात लाखको हाराहारीमा लगानी भइसकेको भए पनि बजारमा माग र मूल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताए । “हिसाब गर्ने हो भने प्रतिकिलो कुखुरामा रु २४० बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो रु २०० मा बिक्री गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ”, उनले भने ।
लागतअनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा रु दुई लाख घाटा हुने निश्चित भएको उनले दुःखेसो पोखे । विगत १५ वर्षदेखि व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका कृषक कार्कीलाई फार्ममा यस पटक ५०० बढी कुखुरा मरेको र लकडाउनका कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । तीन हजार बढी कुखुरापालन गर्नसक्ने क्षमताका तीन वटा खोरलगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म रु ५० लाख खर्च गरिसकेको उनको भनाइ छ ।
लकडाउनपछि दानामा समेत प्रतिबोरा रु ५० को दरले मूल्यवृद्धि भएपछि कृषको लागत बढेको छ । ब्रोइलर कुखुरा पालक कृषकसँगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकसमेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले बताए । बेनपा–२ खवरामा चार हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भए पनि बजारमा खपत घटेका कारण समस्या सिर्जना भएको बताए ।
उनका अनुसार लकडाउनअघि एक कार्टुन अण्डालाई रु दुई हजार २०० सम्ममा बिक्री हुने भए पनि अहिले एक हजार ९०० मा बिक्री गर्न थालिएको छ । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण कुखुरापालन गर्ने कृषक मारमा परेका छन् । लकडाउनसँगै बजार सुनसान बनेको र होटल तथा रेष्टुराँ बन्द भएका कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ ।
लकडाउनको पूर्वसन्ध्यामा फार्ममा कुखुरा राखेकाको यतिबेला बिक्री गर्ने समय भइसकेको भए पनि बजार अभावले समस्या सिर्जना भएको म्याग्दी कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिव खड्काका अनुसार म्याग्दीमा दैनिक एक हजार क्विन्टल मासु खपत हुने भए पनि अहिले १०० क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ ।
म्याग्दीमा व्यावसायिकरूपमा कुखुरा पालन गर्ने ५० भन्दा बढी फार्म रहेका छन् । लकडाउनका कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भए पनि फार्ममा बिक्री गर्नका लागि तयारी भएका कुखुराले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाइ छ । यता ग्रामीण भेगमा कुखुरा पालन गरेका कृषक लकडाउनका कारण सवारी आवतजावतमा परेको प्रभावले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणका लागि ढुवानीको थप समस्यामा परेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: