भक्तपुर । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत चैत ११ गतेदेखि बन्द भए पनि जिल्लाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा पुनः सञ्चालन भएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी तिम्सेनाले आफ्नो नगरपालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा खोप सेवा नियमितरूपमा शुरु गरेको जानकारी दिए । उनले खोप लगाउँदा भीडभाड नगरी सुरक्षाका सबै उपाय अवलम्बन गरेर निश्चित दूरी कायम गरेर सेवा सञ्चालन गर्न लगाएको जानकारी दिँदै आगामी असार महिनासम्मलाई पुग्ने सबै प्रकारका औषधिसमेत पठाइसकेको बताए ।
यता सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट सबै सुरक्षा अपनाएर खोप सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले भने, “नगरभित्र रहेका १० वटै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा ज्वरो नाप्न थर्मलगन, सबै स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ (सुरक्षा कवच), मास्क, पञ्जा, असारसम्म पुग्ने औषधि पर्याप्त मात्रामा पठाएका छौँ, खोप सेवा मात्रै होइन स्वास्थ्य चौकीले दिने कुनै पनि सेवा रोकिएको छैन, सबै सञ्चालन गरेका छौँ ।”
सूर्यविनायक नगरपालिका अस्पताल र स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले नियमितरूपमा दिने खोप, स्वास्थ्य परीक्षणलगायतका अन्य सेवा दिए÷नदिएको नियमित अनुगमन पनि गरिरहेको जानकारी दिँदै उनले सङ्कटको बेलामा सेवा नदिएको गुनासो आएमा तत्काल कारवाही गरिने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर अस्पताल र जिल्लाको चारवटै नगरपालिकाभित्रका अस्पताल एवं स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा शुरु भएको जानकारी दिए । उनले केही वडामा रोकिएको दादुरा–रुवेलाको खोप पनि शुरु गर्ने तयारी भइरहेको बताउँदै जिल्लामा वार्षिक ३५ हजार बालबालिकाले खोप सेवा लिने गरेको जानकारी दिए ।
लामो समयसम्म नियमितरूपमा लगाइने खोप कार्यक्रम रोक्दा भविष्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले देशभरिका स्थानीय तहमा खोपसेवा सञ्चालन गर्न आग्रह गरेको थियो । मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समयतालिका निर्धारण गरी टोलवासीलाई जानकारी दिने, समय–समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ । जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिकरूपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: