Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

रुँदै श्रीमानले अर्को विवाह गरेर आफू बिचल्लीमा परेको भिडियो सार्वजनिक भएकी महिलाको उद्धार

सुर्खेत । कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार गरेका हुन्। बिहीबार दिउँसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला निवासी एक महिलाले रुँदै श्रीमानले अर्को विवाह गरेर हिँडेको र आफू बिचल्लीमा परेको भनी भिडियो सार्वजनिक हुने बित्तिकै मन्त्री भण्डारीले उद्धारका लागि खटाएका थिए ।

नेपाली वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक सुर्खेतमा सडकपेटीमा आश्रय लिएको अवस्थामा भेटाइएको कानूनमन्त्री भण्डारीले बताए। उनले चार हजार घरभाडा सहयोग पनि गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटिएको उद्धारा गएका मन्त्री भण्डारीका स्वकीय सचिव थापाले जानकारी दिए ।

श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आएकी थिइन् । “श्रीमानले तिमी बिरामी छौँ, सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु पाँच लाख ऋण झिकेको रहेछ”, नेपालीले भनिन्, “त्यसको अहिलेसम्म ब्याज नतिरी अर्की महिला लगेर उतै बसेको छ भन्ने खबर पाएँ । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ ।”

उद्धार गरिएकी नेपालीलाई सकेसम्म आजै जुम्ला पठाइनेछ । नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: