Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सिन्धुपाल्चोकमा नियमित खोप शुरु

चौतारा । कोरोना भाइरसले बन्दाबन्दीमा रहेका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरु भएको छ । नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाइ सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। तीन नगरपालिकासहित १२ स्थानीय निकाय रहेको जिल्लाका सबै १०३ वडामा खोप शुरु गरिएको छ । यसबाट दुई वर्षमुनिका छ हजार बढी बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच चौतारास्थित जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएका दुई महिला र दुई बालिकासहित चार जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको आएको छ । ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लागेपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा क्वारेन्टाइनबाट आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ भएकाले उनीहरुलार्ई आजै घर पठाइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंँले बताए ।

एम्बुलेन्समार्फत प्रदेश नं २ को सिरहाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले माइत आएकी आमाछोरी र उनको सङ्सर्गमा आएकी एक महिला र बालिकासमेतलाई शुरुमा क्वारेन्टाइनमा र पछि आइसोलेसनमा राखिएको थियो । यसअघि जिल्लामा आठ जनालाई आइसोलेसनमा राखिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइसकिएको छ । हाल ४७ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: