Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कोरोनाबाट विदेशमा ३ नेपाली श्रमिकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र टर्कीमा रहेका ३ नेपाली श्रमिकले ज्यान गुमाएको जनाइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका तीन जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताए । उनका अनुसार यूएईमा मृत्युपछि कोरोना सङ्क्रमण भन्ने पुष्टि भएकी रुपन्देही स्थायी घर बताउने बिनु पराजुली र यूएईमै कोरोनाका कारण ज्यान गुमाउने धरानका युवाको शव परिवारको सहमतिमा यूएईमै अन्त्येष्टि गरिएको छ ।

यस्तै टर्कीमा कोरोनाका कारण ज्यान गुमाउने युवाको पनि परिवारसँग सहमति लिएर उतै अन्त्येष्टि गरिएको उहाँले जानकारी दिए ।

कोरोनाका कारण कोही नेपाली श्रमिकको विदेशमा ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोरोनाका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प छैन ।

बन्दाबन्दीले विदेशमा ९१ शव अलपत्र

बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९१ जनाको शव पनि उतै रोकिएको छ । यस्तै यो अवधिमा वैदेशिक रोजगारीमा रहेका ९४ जना नेपाली श्रमिकको ज्यान गएको छ । बोर्डका अनुसार विभिन्न कारणले मलेसियामा २९, साउदी अरेबियामा ३०, कुवेतमा ६, कतारमा ८, संयुक्त अरब इमिरेट्स (यूएई) मा २ जनासहित १७, बहराइन, साइप्रस, टर्की (कोरोना) दक्षिण कोरियामा एक/एक जना गरी ९४ जना नेपालीको ज्यान गएको हो ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तत्काल ती शव स्वदेश ल्याउनसक्ने अवस्था नरहेको बताए। उनले सम्बन्धित परिवारको सहमति भएमा सबै शव विदेशमै अन्त्येष्टि गर्ने विषयमा स्थानीय तहमार्फत मनोसामाजिक परामर्श थालेको तर केहीले सहमति दिए पनि धेरैले स्वदेश ल्याउन आग्रह गरेको जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: