Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

मकवानपुर । हेटौँडा हुँदै काठमाडौं पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्ग अन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया सुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो । निर्देशनालयका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया तथा सम्झौतासमेत सम्पन्न गरेर आर्थिक वर्षको अन्त्य वा नयाँ आर्थिक वर्षको शुरुआतमा काम शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार ६० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको चरणमा प्रवेश गरिने योजना रहेको छ । सडकलाई १० मिटरको चौडा बनाएर पक्की नाला निर्माण गरी सात मिटरलाई कालोपत्रे बनाइने गरी बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा साना सवारीलाई मात्र आवतजावत गर्न मिल्ने चार मिटरको साँघुरो सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएकामा खुशी लागेको बताउँछन्। यसले भीमफेदीको सुन्दर भविष्य निर्माणमा मद्दत पुर्‍याउने उनको भनाइ छ । उनले यस प्रक्रियामा योगदान दिनुभएकामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति आभार व्यक्त गरे ।

उक्त मार्गको भीमफेदी–देउराली तथा देउराली–कुलेखानी सडकखण्ड एवं इन्द्रसरोबर गाउँपालिकादेखि काठमाडौंको छैमले क्षेत्रमा समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: