Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सोलुखुम्बुका भूकम्पपीडित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित

\"Student\"२७ असार, सोलुखुम्बु । सोलुखुम्बुलाई सङ्कटग्रस्त क्षेत्र घोषणा नगरिएको कारण यहाँका भूकम्पपीडित बिद्यार्थीले कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका भूकम्पपीडित विद्यार्थीलाई आवाससहित निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको भए पनि सोलुखुम्बुका पीडित विद्यार्थी वञ्चित भएका हुन् । परिषद्ले यसअघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका १४ जिल्लाका विद्यार्थीलाई मात्र यस्तो छात्रवृत्ति दिने व्यवस्था गरेको छ । ती जिल्लाका निवेदन दिने सबै पीडित विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै आवेदन माग गरिरहँदा सोलुखुम्बुका पीडित विद्यार्थीले भने भूकम्पपीडित भएको भए पनि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा नगरेकै कारण आफूहरु त्यस्तो सुविधाबाट वञ्चित भएको बताएका हुन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सोलुखुम्बुको तथ्याङ्कअनुसार जिल्लाका ९० प्रतिशत घर भत्किएका छन् भने नौ हजारभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् । यस तथ्याङ्कलाई हेर्दा यस वर्ष एसएलसी उत्तीर्ण गरेका मध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी भूकम्पबाट पीडित भएका छन् । तथापि राज्यको सहुलियत जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा नभएकै कारण यहाँका पीडितले पाउन नसक्ने भएका हुन् ।

जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले उच्च माध्यमिक शिक्षा परिषद्ले १४ वटा जिल्लालाई त्यस्तो व्यवस्था गरेको भए पनि सोलुखुम्बुका त्यस्तो परिपत्र नभएको बताउनुभयो । जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा नभएको कारण विद्यार्थीले पाउने यस्तो सुविधासँगै बालबालिका, महिला तथा अन्य पीडितका लागि विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाले गर्ने सहयोगबाट जिल्ला वञ्चित हुँदै आएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending