Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओली र प्रधानन्यायधिश राणाबीच राति १० बजे गोप्य भेट –कता जाँदैछ देश !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाबीच भेटवार्ता भएको छ ।

सोमबार राति अबेर भएको भेटघाटले सन्देह पैदा गरेको छ । ओली र राणाबीचको भेटघाटलाई असमान्य लिन नहुने भएपनि परिस्थिति र राजनीतिक संकटको अवस्थामा भएको भेटले यस्तो गरेको हो ।

राति अबेर प्रधानन्यायधिश निवासबाट भित्रि गेट हुँदै प्रधानमन्त्री निवास छिरेका राणाबीचको भेटले राजनीतिक संकट निम्त्याउन लागेको हो कि भनेर आशंका समेत पैदा गरेको छ ।

दुवै निवासहरु एकापसमा जोडिएका छन् भने एकबाट अर्कोमा प्रवेश गर्ने एउटा सामान्य बन्द गेट रहेको छ । सोही गेट खोलेर यो भेटघाट भएको बताइएको छ ।

किन पैदा भयो सन्देह

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट रहँदै आएका नेताहरु त्यतिबेला ओलीका विरुद्द संगठित भए जतिबेला ओलीले पार्टीमा छलफल विना नै दल विभाजन र संबैधानिक परिषदसम्बन्धि दुई अध्यादेश अचानक ल्याए ।

ओलीले ति अध्यादेश ल्याउनका लागी न पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाहा गर्न आवश्यक ठाने नत अन्य नेताहरुसँग नै । बरु चर्चा चल्न नपाउँदै राष्ट्रपति विद्यादेवि भण्डारीको सेटिङमा केही घण्टा वित्न नपाउँदै जारी गरे ।

पार्टीलाई नटेरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको गठबन्धन बन्यो र अध्यादेश फिर्ता नगरिए ओलीलाई हटाउनेसम्मको तयारी थालियो । विपक्षी दलको विरोधका बिच राजपा र समाजवादी फुटाउनका लागी सांसद अपहरणसम्मको घटना घट्न पुग्यो । यी दुई दल फुटाउन र अपहरणमा ओलीको संलग्नता देखियो भने राजपा र समाजवादी मिलेर पार्टी एकिरण भयो ।

सबै दवावका बाबाजुद प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए तर उनको संकट टरेन । अहिले पनि प्रचण्ड ओली गठबन्धनले ओली पक्षलाई पार्टी र संसदका सबै तहमा अल्पमतमा पारेको छ ।
नेकपा ९ सदस्यीय सचिवालयमा त ओलीसँग इश्वर पोखरेल बाहेक अरु खुलेका छैनन् । प्रधानमन्त्री र अध्यक्षबाट समेत हटाउने तयारी गरेको गठबन्धनले ओलीलाई निकै संकटमा धकेलेको छ ।

ओलीले आफैले सिर्जना गरेको संकट टार्नका लागी ओलीले संसद विघठन, संकटकालको घोषणा तथा मध्यवधि निर्बाचन घोषणा गर्ने तयारी गरेका हल्लाहरु समेत चलिरहेको समयमा भएकाे यो गोप्य भेटले सन्देह पैदा गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: