तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका ३ जना मृतावस्थामा भेटिएपछि निर्मलबस्ती क्षेत्र नै शोकमा डुबेको छ । अपाङ्गता भएका १५ वर्षीय छोरा विपिन श्रेष्ठ शुक्रबार, आमा ३४ वर्षीया रबिना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएपछि यतिबेला गाउँ शोकमा डुबेको हो ।
मृतक छोराको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाएको थियो । छोराको मृत्यु हुनु दुई दिनअघि वैशाख १० गतेदेखि नै आमा र छोरी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।
मृतक छोराको घाँटीमा डोरीले बाँधेकोजस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुनसक्ने प्रहरीले आङ्शका गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने बताएको छ ।
एकै परिवारका ३ जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । ‘सोच्न पनि नसकिने गरी गाउँमा घटना घट्यो’ उनले भने, ‘यस घटनाले हामी सबैलाई शोकमग्न बनाएको छ ।’
मृतक रविनाका श्रीमान् हरिकृष्ण श्रेष्ठ भारतीय प्रहरीबाट अवकाशपश्चात् भारतमै काम गर्दै आएका छन् । यहाँ भएको घटनाका बारेमा दाजुलाई जानकारी गराइसकिएको भाइ मोहनकृष्ण श्रेष्ठले बताए । भारतबाट सायद एक/दुई दिनभित्र हरिकृष्ण घरमा आइपुग्ने स्थानीयवासी एवं आफन्तजनले अपेक्षा गरेका छन् ।
शुक्रबार मात्रै मृतक छोराको दाहसंस्कार गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को घटना थपिनुले आफूलाई चकित बनाएको वडाध्यक्ष खरसिं दरैले बताए । ‘रबिना वडाको राम्रै व्यक्ति हुन्, सोच्न पनि नसकिने गरी यस्तो दुःखद् घटना कसरी घट्न पुग्यो, उनका छोराछोरी दुवै अपाङ्गता थिए । हिँडडुल गर्न सक्दैनथे’ उनले भने, ‘उनीमा नकारात्मक सोच आएका कारण यस्तो घटना घटेको हुन सक्छ ।’
३ दिनदेखि आमाछोरी सम्पर्कविहीन रहँदै आएपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार परिवारका अन्य सदस्यले आमाछोरी नदीमा बेपत्ता भएको हुनसक्ने भन्दै खोजतलास गरिदिन आग्रह गरेपछि मादी र सेतीनदी किनारमा खोजी गर्दै जाँदा आमाछोरी मृतावस्थामा फेला परेका हुन् ।
छोरी प्रियाको ऋषिङ गाउँपालिका–१ कैदिमस्थित मादीसेती र आमा रबिनाको ऋषिङ गाउँपालिका–३ मास्दीघाटमा शव भेटिएको उनले जानकारी दिए ।
आमाछोरी नदीमा हामफाली आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक दुवैको शव परीक्षण गरी शनिबार नै दाहसंस्कार गरिएको थियो । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: