काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीरसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०/२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ ।
कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् ।
त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए ।
सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक रु २५ हजार कमाउने गर्थे तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । उनले भने,“यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: