Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

लकडाउनपछि घर फर्किन पाउँदा स्थानीयवासी खुसीले गदगद

सिन्धुली । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । सरकारले गत चैत ११ गते पहिलोपटक लकडाउन जारी गरेको थियो । यसपछि विशेष गरी काठमाडौ उपत्यकाभित्र दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने मजदुर, विद्यार्थी र सर्वसाधरण वढी समस्यामा परेको जनाइएको छ । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि उनीहरु रात दिन हजारौँ किलोमिटरको पैदलबाटै आफ्नो घर जान बाध्य भए ।

अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडीको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था जारी राखेका छन् । सिन्धुली तीनपाटन गाउँपालिका–४ का विनोद दुलाल भन्छन्, “लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिन काटेका हामी एक महिनापछि गाउँघर फर्किन पायौँ । फेसबुक र टिभीमा मजदुर पैदल नै घर फर्केकोे तस्वीर देखेपछि ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो । अहिले उक्त त्रासबाट मुक्त भएका छौँ ।”

राजधानीमा अलपत्र परेका मजदुर, विद्यार्थी तथा सर्वसाधरणलाई सो गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ । गाउँपालिकाले नै आर्थिक खर्च व्यहोर्ने गरी गाडीको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो । सो गाउँपालिकाका अनुसार काठमाडौँमा अलपत्र परेका सर्वसाधारणलाई नौ वटा बस व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याइएको हो । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरण १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परीक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्नसमेत अनुरोध गरे । ढिलै भए पनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुशी छन् । पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिन्, “गाउँ आउन पाइयो यसैमा खुशी छु । अब त साग मात्रै खाएर भए पनि बाचिँने आत्मबल जागेको छ । बिनाखर्चमा सजिलोसँग आउन पाइयो यसमा झन् खुशी छु ।”

नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्ना नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो । अध्यक्ष कर्ण थापा भन्छन्, “त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौँ । जनतालाई समस्या परेको महसुस गरेपछि हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालकसँग समन्वय गरेर काठमाडौँ पठाएका थियौँ । त्यहीअनुसार यहाँका नागरिक आफ्नो घर फर्किएका हुन् । ”

अध्यक्ष थापा भन्छन्, “आफ्नो गाउँपालिकाको जनताको करबाट सञ्चालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निःशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुशी भएका छौँ । सम्पूर्ण तीनपाटनवासी आफैँले तिरेको करको पैसाले घर आए, त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो ।”

एक सय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा आएका पोखरामा रहेका नागरिकलाई लिन तीनपाटन गाउँपालिकाले आज तीन बस पोखरा पठाएको छ । तीनपाटन वडा नं का वडाध्यक्ष लालबहादुर स्याङतानले काठमाडौँमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमै राहतस्वरुप खाद्यान्न पठाएको बताए । हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारीसमेत उनले दिए।

काठमाडौँ लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकलाई ल्याउने तयारीका विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending