Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

क्वारेन्टाइनमा रहेका तीन सय ३७ जना घर फर्किए

लम्की । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो ।

टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिए । “नेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ”, नगरप्रमुख रावलले भने, “कर्णाली मावि सत्तीमा रहेको क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन् । उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ ।”

नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिए ।

काठमाडौदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिए । “चौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ”, चौधरीले भने, “म त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ ।”

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले १४ दिनपछि घरबाट बोलाएर क्वारेन्टाइनमा राखिएका सबैको र्यापिड टेष्ट गरिने जानकारी दिए। “अहिले हामीले घर फर्काए पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौँ”, संयोजक रावलले भने, “घर फर्किएर छुट्टै बस्नुपर्नेछ ।”

टीकापुरमा दुई हजार ७०० लाई राहत वितरण

टीकापुर नगरपालिकाले राहत वितरणमा तीव्रता दिएको छ । नगरपालिकाले आठ वडामा वितरण गरिसकेपछि धेरै लाभग्राही भएको टीकापुर–१ मा भने वितरण जारी राखेको छ । नगरपालिकाले वैशाख ११ गतेसम्म लकडाउनका कारण प्रभावित अतिविपन्न दुई हजार ७९० परिवारलाई राहत पुर्याएको जनाइएको छ ।

राहात पाउनेमा वडा नं १ का एक हजार २२६ परिवार छन् भने वडा नं २ देखि ९ सम्ममा एक हजार ५६४ परिवार छन् । वडा नं १ का ३०० परिवारलाई शुक्रबार मात्रै राहत दिएको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबारदेखि खाद्यान्न पाइएकाले अब निरन्तररूपमा वितरण गरिने जानकारी दिए । “राहतका लागि आवश्यक खाद्यान्न खरिद गरेका छौँ”, प्रमुख रावलले भने, “अब चार÷पाँच दिनभित्र वितरण कार्य सक्छौँ ।”

बिक्री नभएपछि राहतमा केरा

कैलालीको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । “किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भने, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ ।”

वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गरेका छन् । व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताए । जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिइन् । “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भनिन्, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो ।”

वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गरेका छन् । “खेर जानुभन्दा विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भने, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन् ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies