Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ढिलो भएर के भो त ? भत्ता घरमै आयो !

बलेवा । जैमिनी नगरपालिका–१० राङ्खानीका नारायणदत्त जैसीले बिहिबार आफ्नै दैलोमा सामाजिक सुरक्षा भत्ता लिए । चार÷चार महिनामा आउने भत्ता यसपाली छ महिनापछि अयो तर नारायणदत्तललाई भने ढिलै आएको भएपनि घरमै आएको भत्ताले खुशी तुल्याएको छ ।

“ढिलै भएनि भत्ता त घरै आयो, लकडाउन छ हाम्ले नि गुनासो गर्न भएन नि !”, ७२ वर्षीय जैसीले भने, “केही गुनासो छैन, खुसी लाको छ ।” वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीले घरघरमा पुगेर भत्ता वितरण गर्दा लक्षित वर्ग सबैले खुशी मानेका छन् । “टोलमै आएर दिनुभएको छ, ढिलो भएर के भो त १”, सोही गाउँकी ५० वर्षीया रानी नेपालीले भनिन्– “सरकारले हाम्लाई बचाउन गरेको बन्दको कुरा त हाम्लेनी बुझन्नु परो नि !”

वडाध्यक्ष, वडासचिव र सहायकले झोलाभरी कागज, स्ट्याम्प छाप र नोट (रकम) बोकेर गाउँ डुल्न थालेको केही दिन भइसक्यो । वडाभरी कैयौं टोल छन् । उनीहरु जुन टोलमा पुग्छन्, त्यहाँ बुढापाका, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई भेट्छन् । उनीहरुको विवरण अध्यावधिक गर्छन्, पैसा बाँड्छन् र अर्को टोलमा निस्किन्छन् । जैमिनीका पाँच वटा वडामा यसरी नै सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहेको छ ।

फागुनमै पाउनुपर्ने भत्ताको दोस्रो चौमासिकको रकम ढिलै भएपनि घरदैलोमा पुर्याउने प्रयत्नमा रहेको जैमिनी नगरपालिका–८ का वडाध्यक्ष विजय अधिकारीले बताए । निकासा नै ढिलो आएकाले लकडाउनका कारण नगरपालिकाले ढिलो गरी नै भत्ता वितरण थालेको हो । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण एकै ठाउँमा जम्मा गरेर वा वडा कार्यालयमा नै बोलाएर भत्ता बाँड्ने अवस्था छैन् । सुरक्षा सावधानी अपनाएर घरघरमै पुगेर भत्ता बाँड्ने काम थालेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए ।

नगरपालिकाले बाँकी पाँच वडामा बैंकमार्फत लाभग्राहीको खातामा रकम जम्मा गरेर भत्ता वितरण गरिरहेकै छ । पालिका मुकाम कुश्मीशेरा बजारमा रहेको एनएमबी बैंकले पनि भत्ता पाउनेहरुको खातामा रकम जम्मा गरेर वितरण थालेको हो । एक दिनमा बढीमा ३० जनाले पालैपालो सामाजिक दूरी कायम गरेर लिन पाउने गरी भत्ता वितरण थालिएको कर्मचारी भीमप्रसाद सुवेदीले बताए । बैंकले वडा नं. १ देखि ५ सम्म पालो लगाएको छ । “अत्यावश्यक भएकालाई प्राथमिकता दिने भनेर वडाले सिफारिस गरेकालाई मात्रै दिनु भनेका छौं”, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, “वैशाखभित्र सबैले भत्ता पाइसक्छन् ।”

“दुरुपयोग रोक्नका लागि वडासचिवसँगै जनप्रतिनिधि पनि पठाउन भनेका छौं”, नगरपालिकाका उपप्रमुख लिला रानाले भने, “कठिन परिस्थितमा पनि सरकार घर घरमा पुग्दैछ भन्ने जनताले महशुस गर्ने छन् ।” नगरपालिकामा झण्डै ५ हजारले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यो चौमासिकका लागि पनि रु ४ करोड ५० लाख पेश्की निकासा भएको नगरपालिका लेखा शाखाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: