Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भक्तपुर हुँदै घर जानेको लर्को उत्तिकै

भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् । विगत चार दिनयता मात्रै ४० हजारभन्दा बढी आफ्नो घर फर्किएका छन् । लकडाउनको दोस्रो हप्तापछि पैदल जानेहरुदेखि आजसम्म बसमा जानेहरु सबैको नाम र ठेगानासहितको रेकर्ड नभए पनि यो नाका भएर पूर्वका जिल्ला जानेको लर्को भने उत्तिकै छ ।

भक्तपुरको जगाती र गठ्ठाघरमा पैदल हिँड्नेदेखि भोकै भएकाहरुका लागि खाना खुवाउने अभियान नै शुरु भयो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार जगाती नाका भएर ५४ हजारभन्दा बढी नागरिकले उपत्यका छाडेर विभिन्न जिल्ला गएका छन् । उनले भने, “जगाती नाका भएर लकडाउनको दोस्रो हप्तापछि हिँडेरै जानेहरु धेरै भए, उनीहरुको समस्या भएको जानकारी आएपछि जगातीमै खाना खुवाउने र गाडीमा हालेर पठाउन शुरु भयो, स्थानीय सरकारको सहयोगमा यहाँका मजदुरदेखि विभिन्न जिल्लाका नागरिक जिल्ला फर्केका छन् ।”

उनका अनुसार सबैभन्दा धेरै दोलखा, रामेछाप, सिन्धुलीका नागरिक फर्किएका छन् भने त्यसबाहेक रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दाङलगायत अन्य जिल्लाका रहेका छन् । शुरुमा सूर्यविनायक नगरपालिका र प्रहरीको समन्वयमा हिँडेर जाने यात्रुलाई जगातीमै रोकेर उनीहरुको तापक्रम नाप्ने र नाम ठेगानासहितको विवरण सङ्कलन गरी विभिन्न जिल्ला जाने गाडीहरुमा बेलुका पठाउने गरेको थियो । सरकारले नै घर पठाउने व्यवस्था गर्न भनेपछि स्थानीय तहकै पहलमा घर पठाउने व्यवस्था गरेको हो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार मन्त्री, सांसददेखि सम्बन्धित जिल्लाका नेता एवं नगरपालिकाले आफ्ना ठाउँका नागरिकलाई उद्धार गर्ने भन्दै गाडी रिजर्भ गरेर लगेका छन् । धेरैले प्रहरीसँग समन्वय गरे पनि केही समन्वय नगर्दा तथ्याङ्क सङ्कलनमा केही समस्या परेको छ ।

सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जगातीमा आफ्नै पहलमा घर फर्कनेहरुका लागि सिपाडोल परोपकार, मानवीय आस्थालगायतको सहयोगमा खाना खुवाउने व्यवस्था गर्दै, उनीहरुको तापक्रम लिने र बस तथा ट्रकलगायतका सवारी साधनमा हालेर जिल्ला–जिल्ला पठाएको जानकारी दिए ।

उनले भने, “हाम्रै पहलमा खाना खुवाउने, ज्वरो नाप्ने र उनीहरुको रेकर्ड राखेर गाडीमा पठाउने गर्दा जगातीबाटै गाडीमा हालेर ३४ हजारभन्दा बढीलाई पठाएका छौँ, त्यसबाहेक काठमाडौँ, ललितपुर, भक्तपुरबाट रिजर्भ गाडीमा हालेर नेता, सांसद र नगरप्रमुखहरुले पठाएका समेत गर्दा ५४ हजारभन्दा बढी नागरिक जगाती नाका भएर जिल्ला फर्किएका छन् ।”

जिल्ला फर्कनेहरु भोकै भएको जानकारी पाएपछि गठ्ठाघरमा श्रीभक्त कासिछ्वासहित केही व्यक्तिको सहयोग, मध्यपुरथिमि नगरपालिका, मानवीय आस्था नेपाललगायतको खाद्यान्न सहयोगमा खाना खुवाउने व्यवस्था गरिएको छ । मध्यपुरथिमि नगरपालिकाले कमेरोटार क्षेत्रमा पनि भाकै परेकाहरुका लागि खाना खुवाउन व्यवस्था गरेको छ ।

उपत्यका छाडेर घर जानेहरुको ताँती अझै घटेको छैन । हिजो साँझसम्म रिजर्भ गाडीमा गइरहेको छन् भने आज पनि गाउँ फर्कने भन्दै जानेहरु जगातीमा रोकिएका छन् । उनीहरुलाई बेलुकासम्ममा गाडीमा हालेर पठाउने प्रहरीले तयारी गरेको छ ।

भक्तपुरका इँटाभट्टामा १७ हजारभन्दा बढी मजदुरलाई घर फर्काएको छ । अझै करिब दुई हजार ४०० मजदुर इँटाभट्टामा अलपत्र छन् । इँटाभट्टामा घर जान बाँकी भएका मजदुरलाई पनि घर पठाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले इँटाभट्टामा तीन हजार मजदुर रहेको बताए । भारतीय मजदुरलाई भने अन्तर्राष्ट्रिय नाका नखुलेसम्म पठाउन नसकिने भएकाले उनीहरुको खाने र बस्ने व्यवस्थापन इँटाभट्टा सञ्चालकहरुले नै गर्नुपर्ने भएको छ ।

स्थानीय तहले पनि बस रिजर्भ गरेर आफ्ना स्थानीयलाई फिर्ता लगेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending