Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फुलेका हेरुँ हेरुँ लाग्ने फूल

काठमाडौ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्ने सडक किनारामा ढकमक्क फूल फुलेका छन् । वसन्त ऋतुको आगमनसँगै यहाँका बिरुवा हुर्कँदैछन् । नयाँ सडक अघिल्तिरको आइल्याण्डमा हेरुँ हेरुँ लाग्ने फूल फुलेका छन् ।

बन्दाबन्दीका कारण सवारी साधन आवतजावत नहुँदा काठमाडौँको शहरी सौन्दर्य निर्माणका काममा सहजता देखिएको हो ।

कोरोना रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमै सुन्धारा र शङ्खधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्ड निर्माण हुँदैछन् । ती आइल्याण्डको साविक संरचनामा सुधार गरेर परम्परागत इँटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारिसकिएको छ । ती संरचनामा माटो भर्ने काम पनि भइसकेको छ तर बन्दाबन्दीले फूल र बिरुवा ढुवानी हुनसकेको छैन । अवस्था खुकुलो हुनेबित्तिकै बोट बिरुवा रोपिने भएको छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन, सडक तथा सार्वजनिक स्थान बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्नेलगायत कामलाई नियमित गरिरहेको छ ।

विभागका अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७५० बोट सिजनल फूल रोपिने तयारी छ । जहाँ एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलगाई, इलिगन, फोनिक्स पाम, ड्रेसोना, क्लोटन, जनादो पाम, प्याराडाइज र रेक्सोना पाम रोपिनेछन् ।

सुन्धाराका चार वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे दुई फिटका बनाइएका छन् । चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको छ । ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाइने छ । शङ्खघर नजिकको आइल्याण्डमा पनि यसैअनुसारका विरुवा रोपिने भनाइ छ ।

बन्दाबन्दीपछि यहाँका स्थाीय तह दैनिक प्रशासनिक काम राहत वितरणका लागि तथ्याङ्क सङ्कलन, राहत वितरण, भाइरस रोकथामका लागि प्रचारप्रसार र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको बजार व्यवस्थापनमा पनि केन्द्रित छन् ।

फोहर उत्पादनमा कमी
लकडाउनका कारण होटल र रेष्टुरेन्ट बन्द भएपछि काठमाडौँ उपत्यकामा फोहर उत्पादनमा कमी आएको छ । लकडाउन शुरु हुनुभन्दा पहिले दैनिक एक हजार टन फोहर व्यवस्थापन हुँदै आएको थियो । अहिले सबै होटल र रेष्टुरेन्ट बन्द रहेकाले दैनिक करिब ५०० टन मात्र फोहर व्यवस्थापन हुँदै आएको हो ।

हरेक दिन ३०० गाडीले नुवाकोटको सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको कामपाले अहिले दैनिक १२१ गाडीमा मात्रै फोहर लैजाने गरेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार पहिले जतिबेला फोहर व्यवस्थापन गर्दा पनि हुन्थ्यो अहिले हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म सिसडोलमा फोहर व्यवस्थापन गरिसक्नुपर्ने छ । त्यसपछिको समयमा उक्त साइड बन्द गरिन्छ ।

अहिले संवेदनशीन समय भएकाले व्यवस्थापन गएिको फोहरमा पनि कामपाले हरेक दिन तीन ट्याङ्करमार्फत किटनासक औषधि पनि छर्किँदै आएको छ । दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि उक्त स्थानमा फोहर व्यवस्थापन गरिरहँदा काममालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ ।

हाल फोहर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटर पर दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिरहेको भए पनि लकडाउनका कारण काम अघि बढ्न नसक्दा आगामी दिनमा पनि व्यवस्थापन कार्य कठिन हुने देखिन्छ । अहिले उक्त स्थानमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । कामपाले सबै स्थानको फोहर व्यवस्थापनको काम भइरहेको जनाउँदै कुनै कारण फोहर लिने गाडी नआए ११८० कामपाको हटलाइन नम्बरमा फोन गरी जानकारी दिन पनि आग्रह गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending