Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

यी मनकारी दम्पती, जसले गरे आठ हजार पैदलयात्रीको उद्धार

सर्लाही । कोरोना भाइरसले विश्वमा महामारीको रूप लिन थालेपछि शुरु गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका मजदुरलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ ।

भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको जिल्लाको हरिवन नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्ग छेउमा बस्ने अमृता मैनाली (उप्रेती) र अर्जुन मैनालीले बताए ।

लकडाउनको अवधि महिना दिनपुग्नै लाग्दा मैनाली दम्पतीको यो अभियान २८ औँ दिनमा चलिरहेको छ । करिब डेढ महिनाको बच्चा बोकेर गन्तव्यमा हिँड्नेदेखि वृद्धवृद्धा, बालबालिका, गर्भवतीलगायत करिब आठ हजारलाई निःशुल्क खाना खुवाउने र उनीहरुको गन्तव्यसम्म सवारी साधनको व्यवस्था गरिदिने काम गरेको अमृताले बताइन् ।

लकडाउन भएपछि उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, सवारी साधनहरु बन्द हुँदा श्रमिक वर्ग हिँडेरै भए पनि घर फर्किन बाध्य छ । केहीसँग साथमा केही पैसा भए पनि कतिसँग एक सुको छैन । सवारी साधन पनि चलेका छैनन् । बाटामा समस्या भएकालाई मैनाली दम्पतीले उद्धार गरिरहेको छ ।

सर्लाही जीवन हेल्थ केयर प्रालिका सञ्चालक रहेको सो दम्पती अहिले अस्पतालको प्राङ्गणमै खाना बनाएर खुवाउने र गन्तव्यमा पुर्याउने कार्यमा व्यस्त छ । उनीहरुले मङ्गलबार मात्रै १८२ जनालाई खाना खुवाएर सवारी साधनको व्यवस्था गरी आफ्नो गन्तव्यमा पुर्याएका छन् । शुरु शुरुका दिनमा पूर्व झापाबाट काठमाडौँ जाने यात्रुलाई गन्तव्यमा पुर्याउने गरेको भए पनि पछिल्लो क्रममा नुवाकोट, काठमाडौँ, बुटवल, नेपालगञ्ज, दाङबाट विराटनगर, भोजपुर, उदयपुर, सप्तरी र सिन्धुली हिँडेका पैदलयात्रीहरु आउने गरेको अमृताले बताउनुभयो । उहाँका अनुसार लामो पैदल यात्राका क्रममा दुई गर्भवतीको गर्भपतनसमेत भएको छ ।

सोमबार नुवाकोटबाट सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोला डिँहेकी डेढ महिने सुत्केरीलाई स्थानीय चौताराबाट उद्धार गरी खाना खुवाएर घरसम्म पठाएको अर्जुनले बताए । नुवाकोटको इँटा भट्टामा काम गर्ने उनीहरु इँटा भट्टा बन्द भएपछि आफ्नो गन्तव्यतर्फ लागेका हुन् । तीन दिनको बाटो पैदल हिँडेर आफ्नो घरमा जाँदा पस्न नदिएका कारण रातभरि चौतारामा बसेकी नारायण खोलाकी सीता तामाङसहित सात जनालाई नारायण खोला पठाउने काम गरेको उनीहरुले बताए । भोकै हिँडेको समयमा खाना खुवाउने र गन्तव्यसम्म पुर्याउन सहयोग गरिदिएकोप्रति उनीहरुले मैनाली दम्पतीलाई धन्यवाद समेत दिएका छन् । मानवीय भावना भएका मानिसहरु रहेछन् भन्ने लागेको सीताले बताइन् ।

मैनाली दम्पतीले ना ८ ख १८६४ नम्बरको माइक्रोबसमा त्यस्ता अलपत्र परेका पैदलयात्रीहरुलाई गन्तव्यसम्म पुर्याउने गरेका छन् । अहिलेसम्म करिब आठ हजार पैदलयात्रीको उद्धार गरेको भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको अमृताले बताइन् । यता नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले आफूहरुले सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । मैनाली दम्पतीलाई ‘के सहयोग गरौँ’ भन्दा ‘अहिले आफूहरुले नै गरिरहेको’ भनेपछि आवश्यकतानुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष पोखरेलले बताए । उनका अनुसार नगरपालिकाको ट्र्याक्टर र अरु भाडाका ट्रकको व्यवस्था गरेर भए पनि पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याउने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending