सिन्ह्वा । सिरियाली विद्रोही बोकेका करिब ४० ट्रकहरू टर्कीको भ”मिमा सोमबार पुगेका सिरियाली समाचार संस्था सानाले जनाएको छ ।
ती गाडीहरू सिरियाली विद्रोहीको प्रभाव रहेको हसाका प्रान्तको रस अल–आयन शहर नजिकैबाट टर्कीको सिमाना क्षेत्रमा पुगेका हुन् ।
टर्कीको समर्थन प्राप्त सिरियाली विद्रोहीलाई लिवियामा पठाउनका लागि सिरियाली विद्रोहीको प्रभाव क्षेत्र अफ्रिनमा भर्ना लिइएको र सोही काममा उनीहरूलाई टर्की हुँदै सिरिया पठाउन लागिएको हो ।
टर्कीले लिवियामा जाने सिरियाली लडाकूका लागि तीनदेखि छ महिनाका लागि दुई हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।
सानाले बताए अनुसार टर्कीको सेनाका लागि सैन्य तथा अन्य सामग्री बोकेर तीन वटा ट्रक उत्तरी सिरियामा पुगेका छन् । टर्कीले उत्तरी सिरियामा विद्रोही तथा सिरियाली सेनाको गतिविधिलाई अनुगमन गर्ने अन्तर्राष्ट्रिय समुदाय र रूससँग भएको सहमति अनुसार अनुगमन गर्ने जिम्मेवारी पूरा गरिरहेको छ ।
मङ्गलबार नै सिरियाली मानव अधिकारवादी संस्थाको युद्ध अनुगमनकारी निकायका अनुसार टर्कीको सहयोगप्राप्त करिब पाँच हजार ३०० सिरियाली विद्रोहीलाई संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त लिवियाली सरकारको पक्षमा लड्न लिविया पुर्याइएको हो ।
समूहका अनुसार करिब दुई हजार १०० सिरियाली विद्रोहीहरूले लिवियामा जानुपूर्व सैन्य तालिम लिइरहेका छन् । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाए अनुसार लिवियामा राष्ट्रसंघको समर्थन प्राप्त सरकारको पक्षमा लड्ने क्रममा १९९ जना सिरियाली विद्रोही लडाकूले ज्यान गुमाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: