Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

थानकोट उद्यानमै थन्किए घर फर्कनेहरु...

काठमाडौ । दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएकी छिन् । उनको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उनकी छोरी घरमा सिकिस्त बिरामी छिन् । त्यसैले उनलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आएकी थिइन् ।

शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर उनलाई घरबाट फोन आएको थियो । उनका श्रीमान् पनि यतै छन्। “घरमा सासूससुरा मात्रै छन्”, आइतबार थानकोट उद्यानमा भेटिएकी चौधरीले भनिन्, “घर पुग्नै पर्ने भएको छ, छोरीलाई अस्पताल लैजान सक्ने घरमा कोही हुनुहुन्न ।” काठमाडौँको टोखास्थित घर निर्माणको काम गर्दै आएको चौधरीसहितको १२ जनाको समूह पैदल नै घर फर्कन निस्केको थियो । थानकोट पुगेपछि उनीहरुले घर फर्कनेका लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी पाए । उनीहरु उद्यानको प्रवेशद्वारमा खटिएको प्रहरीलाई आ–आफ्नो नाम टिपाएर भित्र प्रवेश गरे ।

“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भनिन्, “पैदलै भए पनि घर फर्कन्छौँ ।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान निस्किएकी छिन् । भजनीको चौधरी र डगौराको समूह दैनिक रु ६०० ज्यालादारीमा काम गर्दैआएको थियो । “भएको पैसो पहिल्यै घर पठायौँ, अहिले यस्तो अवस्था आउला भन्ने थाहै भएन”, डगौरा समूहकी सपनाले भनिन् ।

बाग्लुङको काठेखोला धम्जाका ढकबहादुर श्रीष ११ वर्षीय छोरोसहित नागढुङ्गातर्फ जान खोज्दै थिए। काठमाडौँमा मजदुरी गर्दै आएका उनलाई बसमा जान पाउने विश्वासै लागेन । उनको पैदल नै घर फर्कने इच्छा थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीले भने दिएनन् । बाबु–छोरालाई प्रहरीले थानकोट उद्यानभित्र पठायो । महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार साँझसम्म थानकोट उद्यानभित्र झण्डै ३०० जनालाई प्रवेश गराइएको छ । घर जान हिँडेका उनीहरु उद्यानमै थन्किएका छन् । यसरी थन्किनेमा महिला तथा बालबालिकासमेत छन् । उनीहरुलाई प्रहरीले रोकेर राखेको छ ।

पैदल नै घर फर्कनेहरुलाई प्रहरीले कलङ्की–थानकोट सडकखण्डमा ठाउँठाउँमा रोक्ने गरेको छ । यसरी पैदल घर फर्कनेहरु कतिपय त्रिभुवन उद्यानमा प्रहरीलाई नाम ठेगाना टिपाएर भित्र पसिरहेका छन् । दुई दिनदेखि यो क्रम जारी छ । उद्यानभित्र थन्किएकाहरु बस चढेर घर फर्कन पाउने नपाउने टुङ्गो भने छैन । शनिबार राति सात वटा बसमा अलपत्र परेकाहरुलाई घर पठाइएको थियो । काठमाडौँमा डेरा गरी बस्नेहरु पनि ‘घरबेटीले घर भाडा माग्यो’ भनेर बहाना बनाउँदै थानकोट आउन थालेका छन् ।

पैदल नै घर फर्किरहेका झण्डै ३०० लाई सांसद अञ्जना विशङ्खे र वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाएकी थिइन् । यसरी पठाएको खबर फैलिएपछि अहिले बस चढेर जान चाहनेहरुको कलङ्की–थानकोट सडकभरि लर्को लाग्न थालेको छ । काठमाडौँमा डेरा गरी बस्नेहरु झिटिगुन्टा बोकी थानकोट उद्यानमा आउन थालेका छन् । उनीहरुलाई घर पठाउन हम्मेहम्मे परेपछि आइतबारदेखि बस चढाउने काम बन्द गरिएको छ ।

“काठमाडौँ बाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गर्न खोजेका हौँ, अहिले त यहीँ वरपर डेरा गरी बस्ने सबै आउन थालेका छन्”, थानकोट उद्यानभित्र भेटिएकी सांसद विशङ्खेले भनिन्, “अब यहीँ उद्यानभित्र क्वारेन्टाइनमा राख्छौँ, घर पठाउन सकिँदैन ।” यहीँ वरपर बस्नेलाई डेरामै फर्काउन थालिएको उनले बताए ।

उद्यानभित्र सबैको स्वास्थ्य परीक्षण गरी राख्ने गरिएको छ । चन्द्रागिरि नगरपालिका, बलम्बुले त्यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । त्यहाँ खाने बस्नेसमेत व्यवस्था मिलाइएको छ । “उद्यानभित्र आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने गरेका छौँ”, स्वास्थ्य परीक्षणमा संलग्न नर्स कल्पना पाण्डेयले भनिन्, “ज्वरो आए नआएको जाँच्ने हो, अहिलेसम्म कसैलाई पनि त्यस्तो समस्या देखिएन ।” आइतबार साँझसम्म २६८ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending