Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दुई दिनभित्र देशैभरका जमात समूहको तथ्याङ्क बुझाउन मुस्लिम आयोगको निर्देशन

काठमाडौ । राष्ट्रिय मुस्लिम आयोगको आज बसेको बैठकले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिइएको छ । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।

बैठकले देशभरका मस्जिद र मदरसाहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउन अध्यक्ष अन्सारीकै संयोजकत्वमा सात सदस्यीय केन्द्रीय समन्वय समितिसमेत गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, सांसद शेख चाँदतारा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सत्तार र धर्म गुरुहरु खुर्शिद इस्लाही (ओलमा) र खालिद सिद्धिकी (ओलमा) रहेका छन् ।

समिति जिल्लामा पनि बनाउने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्नेछ । मुस्लिम समुदायकोे महान् पर्व रमजान चार÷पाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भीडभाड हुन नदिनका लागि आयोगले अपिल गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending