Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेपालीको आत्मबलले जित्दै कोभिड

काठमाडौ । यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्था हिजो र आज दुई दिनमा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् । ३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् ।

शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि खुशी भएका हुन् । त्यसभन्दा अगाडि चीनको वुहानबाट आएका एक सङ्क्रमित पहिले नै स्वस्थ्य भएर घर फर्किसकेका थिए ।

बाग्लुङकी ६५ वर्षीया महिलामा दम र उच्चरक्तचापको बिरामी भए पनि सङ्क्रमणलाई जितेर घर फर्किनु र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत रहनुभएका ८१ वर्षीया महिलाको पनि स्वास्थ्य सामान्य नै रहेको छ । ती दुई उदाहरणले सङ्क्रमणसँग लड्न नेपालीमा साँच्चै नै आत्मबल र उपचार पद्धतिको प्रक्रिया राम्रो भएको चिकित्सकले बताएका छन् ।

अर्को कुरा समयमा नै सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि नेपालमा सङ्क्रमण फैलिन पाएन । तैपनि नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्की बताउछन् ।

पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका तीनैजना बिरामीले पनि सरकारको उपचारमा राम्रो तयारी र आफ्नो आत्मबलले कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताएका थिए । यो २४ घण्टामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्किकी छिन् । उनी फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरी हिजो राति नै धौवलागिरि अञ्चल अस्पतालमा उपचारत रहेका बागलुङ घर भएकी कोभिड–१९ सङ्क्रमित ६५ वर्षीया पनि डिस्चार्ज भएकी छिन् । आज धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्किएका छन् । उनमा गत चैत २२ गते सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएकामा खुशी लागेको बताए । उनले शरीरसँग लड्ने क्षमता भएका कारणले चाँडो निको भएको बताए । सङ्क्रमित भएकामा पनि कोही पनिलाई सघन उपचार कक्षमा लगेको उपचार गर्नु परेको छैन उनले भने, सबैलाई आइसोलेशनमा राखेर उपचार गरिरहेका छौँ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले टेकुमा उपचार गराइरहेका अर्का एकजनामा पनि सामान्य रहेको जानकारी दिएए । उनका अनुसार ती बिरामी सोमबार र मङ्गलबार कोभिड–१९ को परीक्षण नतिजाका आधारमा डिस्चार्ज गरिने छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले बिरामीलाई समयमा नै अस्पताल पु¥याएको र अस्पतालमा रहेको प्राविधिक दक्ष जनशक्तिका कारण सङ्क्रमितलाई दुर्घटनाबाट जोगाउन सकिएको बताए । उनले सबै बिरामीमा भएको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताए । “हामी कहाँ कोही पनि बिरामी सिकिस्त छैनन्”, उनले भने, सङ्क्रमण पछि निको भएका बिरामीले पनि आत्मबलले कोभिड–१९ लाई जितेको पाइयो । हामी नेपालीमा आत्मबल नै बढी भएकाले निको भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालीमा रोगसँग लड्ने क्षमता बढी भएको र कडा खालको भाइरस नदेखिएकाले बिरामी निको भएको बताउनुभयो । उहाँले सङ्क्रमित रहेका तीन जनाबाहेक अरूको पनि स्वास्थ्य सामान्य रहेको बताए । “संसारभरि सङ्क्रमण फैलिएर जीवन क्षति भइरहेको अवस्थामा नेपालमा कसैलाई पनि केही भएको छैन”, उनले भने, नेपालीमा भएको क्षमताले नै गर्दा सङ्क्रमणबाट केही जीवन क्षति भएन ।”

मन्त्रालयका अनुसार अहिले १०३ जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ, तीमध्ये २७ जना भने सङ्क्रमित हुन् । सङ्क्रमितमध्ये १३ उदयपुर, तीन पर्सा, एक रौतहट, दुई चितवन, दुई पाटन अस्पताल, एक टेकु, चार कैलाली र एकजना बागलुगमा उपचाररत रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending