काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न र विदेशबाट फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न माग गरेको छ ।
एनआरएनले अप्ठेरामा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुका हकमा कुनै उपाय गरी स्वदेश फर्काउने वातावरण बनाउन तथा फर्केपछि अनिवार्य निश्चित समय क्वारेन्टाइन र सेल्फ आइसोलेशनमा बस्ने व्यवस्था गर्न आग्रह गरेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
हाल खानाबस्नकै समस्या भोग्नेका लागि आफू र सम्बन्धित नेपाली नियोगसमेतको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै एनआरएनले सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न आफू पनि तयार रहेको जनाएको छ ।
विदेशबाट फर्कनेमध्ये आईसोलेशनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था मिलाउन र उनीहरुलाई नयांँ उद्योग व्यवसाय शुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था मिलाउन एनआरएनले ध्यानाकर्षण गराएको छ ।
फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न र रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन, तिनको सीपको विवरण संकलन गरी नेपालमा प्रयोग गर्ने गरी सीप बैंकको स्थापना गर्न र यसको विवरण नेपाली उद्यमी व्यवसायीलाई उपलब्ध गराउन माग गरिएको छ । नेपालमा फर्कनेका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्थाका साथ मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ ।
विदेशमा जानेले सिकेको सीपका आधारमा आफ्नै व्यवसाय शुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनलाई सहज र सस्तो ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन तथा मुख्यतः कृषिको आधुनिकीकरणका क्षेत्रमा प्रयोग गर्ने नीति लिन सुझाव दिइएको छ ।
प्रतिनिधिमण्डलमा एनआरएनका उपाध्यक्ष सोनाम लामा, बहराइनका पूर्वाध्यक्ष श्याम तामाङ, प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीलगायतको सहभागिता थियो । यसैबीच एनआरएनअन्र्तगतको कोभिड–१९ उच्चस्तरीय समितिका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आज टेलिकन्फ्रेन्समार्फत बसेको बैठकले विदेशस्थित नेपाली नियोग र नेपाल सरकारबीच आवश्यक छलफल गर्दै राहत वितरणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधारलगायत समितिका सदस्यको सहभागिता थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: