काठमाडौं । कोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा कमजोर बनाउन प्रहरी, सरकारी वकिल र जिल्ला प्रशासनका पदाधिकारीमाथि भीआईपीबाटै तीव्र दबाब आइरहेको पाइएको छ ।
आजको राजधानी दैनिकमा खबर छ - अग्रवाल गत २५ चैतमा कूटनीतिक नियोगको गाडी प्रयोग गरेरै थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीबाट पक्राउ परेका थिए । अग्रवालाई प्रहरीले गत मंगलबार दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राख्दै आइरहेको छ ।
अनुसन्धान अधिकृतका अनुसार अग्रवालको मुद्दा कमजोर बनाउन विभिन्न राजनीतिक दलका उच्च तहका नेता तथा ठूला व्यापारिक घरानाबाट बारम्बार तीव्र दबाब आइरहेको हो । कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले अग्रवाललाई नाटकीय ढंगले पक्राउ गरेको थियो । तर, त्यसयता उच्च तहबाट लगातार दबाब आइरहेपछि अग्रवालमाथिको अनुसन्धानमा अलमल हुँदै आएको छ ।
प्रहरीबाट सरकारी वकिलमा पठाइने अनुसन्धान फाइलमा पनि सरकारी वकिलका पधाधिकारीसमक्ष मुद्दा कमजोर बनाइदिन अग्रवाल पक्षले लबिङ गरिरहेको पाइएको छ । सरकारी वकिल कार्यालयमा अन्य विभिन्न शक्तिकेन्द्रबाट समेत मुद्दा थप कमजोर बनाउन दबाब परिरहेको स्रोतको दाबी छ ।
सरकारी वकिलको कार्यालय र प्रहरीले मुद्दा कमजोर बनाएमा अग्रवाल सहजै रूपमा धरौटीमा छुट्नेछन् । सकारी वकिलको कार्यालय र प्रहरीले कुनै दबाबमा नपरी कानुनी राजलाई शिरोधर गरेर स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाएमा अग्रवाल पुर्पक्षमा जेल चलान हुन सक्छन् । तर, चलखेल अत्यधिक भएकाले मुद्दा कमजोर बनाएर उनलाई धरौटीमा छोड्ने प्रपञ्च सुरु भएको स्रोतको दाबी छ ।
अग्रवालमाथि १ वर्ष कैद हुन सक्ला ?
अग्रवाल पक्राउ परेसँगै जिल्ला प्रशासन कार्यालयमा समेत उनलाई बचाउन उच्च पदस्थ व्यक्तिबाट दबाब आइरहेको कार्यालयकै अधिकारीले बताएका छन् । अग्रवाललाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुनपर्छ ।
ऐनको दफा ३ ९१० को दफा २ अन्तर्गत मोल निर्धारित भएकामा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सय कडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: